नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख ) को सल्लाहकारमा सुदर्शन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख ) ले लेखक तथा विश्लेषक सुदर्शन आचार्यलाई सल्लाहकार समितीको सदस्यमा मनोनयन गरेको छ।चैत्र ३० गते हुने प्रदेस भेलाको तयारीका लागि बसेको प्रदेस समितीको बैठकले लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीहरुमा रहेका आचार्यलाई सल्लाहकारमा मनोनयन गरेको हो।
लगातार दुइ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार प्राप्त गरेका नेपाली कांग्रेसका पुर्व महासमिती सदस्य समेत रहेका आचार्यलाई सल्लाहकारमा मनोनयन गर्दै प्रदेस समितीले उनको अभिभावकत्वले संगठन विस्तार र वैचारिक बहसमा महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरेको छ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका पुर्व अध्यक्ष समेत रहेका आचार्यको काठमाण्डौ क्षेत्र नं ४ को स्थानीय राजनीतिमा प्रवेस र सक्रियतालाई निकै चासोका साथ हेरिएको छ ।
तपाइँको प्रतिक्रिया ।