प्रशान्ती एकेडेमीको दोस्रो अभिभावक सम्मेलन सम्पन्न

प्रशान्ती एकेडेमीको दोस्रो अभिभावक सम्मेलन सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२, कपनमा अवस्थित प्रशान्ती एकेडेमीले दोस्रो अभिभावक सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ। इभरशाइन पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष मुरारी भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रिन्सिपल समिर बास्तोलाले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए भने विशेष अतिथिका रूपमा वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरू, अभिभावक, शिक्षक, टोल सुधार समितिका अध्यक्षहरू, कपन महिला सञ्जालका पदाधिकारीहरू, पूर्वविद्यार्थी, सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरू सहभागी भएका थिए।

सो कार्यक्रममा  संचालक समितीका अध्यक्ष  डा. राजेन्द्र पौडेलले  अभिभावकहरूको उपस्थितिलाई धन्यवाद दिँदै यस्तो सम्मेलनले अभिभावक-विद्यालय सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

विद्यालयका  पूर्वविद्यार्थीको  चार्टर एकाउन्टेन्ट रोजन नेपाल, तथा बिद्यालयलाई सहयोग गर्दै आएका  केदार कार्की तथा अमर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो।

व्यवसायिक  प्रशिक्षक  इश्वर श्रेष्ठले बालबालिकाको शैक्षिक उन्नति, चरित्र निर्माण र जीवनोपयोगी सीप विकासमा अभिभावकहरूको भूमिकाबारे मार्गदर्शन प्रदान गरेको सो कार्यक्रमका नगर प्रमुख मिठाराम अधिकारी, वडाध्यक्ष शम्भु प्रसाद भट्टराई,बुढानिलकण्ठ कार्यपालिका सदस्य शान्ता ढकाल विद्यालयका अध्यक्ष मुरारी भण्डारी लगायतले अभिभावक शिक्षाको महत्त्वबारे प्रकाश पारेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।