बुढानिलकण्ठ-१२ ले घर नम्बर सहित वडाका विभिन्न मार्ग,टोल तथा सडकहरुको नामाकारण गर्ने

बुढानिलकण्ठ-१२ ले घर नम्बर सहित  वडाका  विभिन्न मार्ग,टोल तथा सडकहरुको नामाकारण गर्ने
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।
बुढानिलकण्ठ नगरपालिका वडा १२ ले वडाका विभिन्न टोल तथा सडकहरुको नामाकारण गर्ने भएको छ।
करिव २७३४ घरधुरी रहेको वडा -१२ मा रहेका मुख्य सडक तथा गल्लीहरुको नमाकरण गर्नका लागि भेलाको आयोजना गरिएको हो।
बुढानिलकण्ठ नगरपालिका वडा -१२ का जनप्रतिनिधि तथा विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थितिमा भएको सो भेलामा टोल,सडक तथा मार्गहरुको नामाकरणका लागि गठन गरिएको कार्यदलका संयोजक डा.कृष्ण सुवेदीले कार्यविधि प्रस्तुत गरेका थिए।
उक्त भेलामा बोल्दै वडा -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले वडालाई नमुना र पृथक बनाउनका लागि भेला आयोजना गरिएको बताउदै उचित सल्लाह र सुझाव प्रदान गर्नका लागि वडावासीलाई अनुरोध समेत गरेका थिए।
वडामा रहेका घरधुरीमा नम्बर राखेर तथ्यांक तयार गर्दा पत्राचार तथा सम्पर्क गर्न निकै सहज हुने भन्दै उनले नामाकरणले मौलिकता र पहिचानको संरक्षण हुने विस्वास व्यक्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।
Close