प्रेम दिवसको शुभकामना : राजेश अधिकारी

प्रेम दिवसको शुभकामना : राजेश अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

जब तिम्रो झझल्कोहरूले
मलाई कोट्याउन थाल्छन्
मेरो प्रेमिलो दिलमा काउकुती लाग्छ
अनि म प्रेमोन्मादले मुस्काउन थाल्छु
जब म आँखा बन्द गरेर
स्वप्निल सँसारमा हराउन थाल्छु
तिम्रा यादहरूले मलाई
चिरिक चिरिक चिमोट्न थाल्छन्
तब मेरो प्रणयी दिल धड्किन थाल्छ
म प्रेमसागरमा तैरिन थाल्छु
स्नेही छालहरूले मलाई चुम्न थाल्छन्
मलाई सँसार अतिप्रिय लाग्छ
तिम्रा अद्भुत हरिण चालको आभासमा
मेरो मन पुलकित भै मदहोसमा झुम्छ
सायद मभित्र अनुरागको अँकुरण भएर होला
हरेक झस्काईमा म तिम्रो आभास पाउँछु
मेरो प्रेमामृत शब्दोपहार स्वीकार गर प्रिये
स्वप्निल खुशी बोकेको प्रेम दिवसको शुभकामना

जब मेरा रहरहरू ब्युँझिन थाल्छन्
अनायस मेरा गरुँगा पाइलाहरू
सुन्दर पुष्पवाटिकातिर लम्कन्छन्
हातमा गुलाबको फूल बोकेर
हुरी झैँ बहने बेलगाम यो मन अनि
प्रीतिको सराबले मातेको मेरो तन
तिम्रो सामिप्यता खोज्दै भौँतारिन थाल्छ
मेरा बर्षौँदेखिका प्यासा नयनहरू
तिम्रो दर्शनको अभिलाषामा तड्पिरहेछन्
मेरा अधिर प्यासा कानहरू
तिम्रा पदचापका सर्गम सुन्न ब्यग्र छन्
तिम्रा मन्द मन्द मुस्कानका फोहोराहरुमा
मेरो ढुकढुकीले आनन्दको सुगन्ध सुघ्छ
आऊ प्रेयसी आऊ मेरो समिप आऊ
प्रेमको दर्के झरीमा मसँगै रुझ्न आऊ
लजाउँदै मुस्काउँदै मृगको चालमा आऊ
प्रेम नभमा सँगै उड्दै म प्रेम प्रस्ताव राख्छु
परमानँदीय प्रेम दिवसको शुभकामना

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।