प्रित : उर्मिला पन्त पाण्डेय

प्रित : उर्मिला पन्त पाण्डेय

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

चन्द्रहार लाईदिन्छु तिम्रो गलामा
आत्मविभोर हु्न्छु प्रकृतिको कलामा

धप्प उज्यालो ज्योतिमा प्रकाश–किरण
तै पनि अन्धकार किन हुन्छ जिवन ?

ज्योतिपुञ्ज सँगाली प्रकाश फैलाउने
प्रकाशमा कालो बादल धुवाँ वनाउँने

प्रकृतिले खेल्छ यहाँ अनेकानेक खेल
कहिलेकाहीँ गरिदिन्छ प्रकृतिले झेल

आपसमा प्रीति गाँसी समिरले यहाँ
बादललाई भगाई लान्छ टाढा–टाढा कहाँ

धरती र आकाशको प्रित चोखो हुन्छ
एकार्काको भावनामा रम्ने धोको हुन्छ

दुई किनार नदिका भेट कहिल्यै हुन्न
तै पनि तिनको प्रित टाढा कबै हुन्न

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।