गजल : विमल बि सी
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
हरपल हरक्षण बिछोडको पिडाले तड्पिएर
म बाँचेको छु ज्यूँदो लास झैँ जिन्दगी लिएर
हजारौँ सपनाहरु थिए मेरा पनि आँखाभरि
आज बिलिन हुन पुगँे सबै आसुँसँग मिसिएर
कति कुराहरु अधुरोमै सुन्दर हुँदा रहेछन् यहाँ
जस्तो मैँले दिन काटेको छु तिमीलाई सम्झिएर
स्वार्थको प्रेम हो अभाव र दबाबमा छुट्ने भनेको
साँचो प्रेम त चलिरहन्छ मुत्यु पर्यन्तसम्म धड्किएर
मैँले अर्कै रोजे कसरी भन्न सक्यौँ ए धोकेबाज
मलाई जिन्दगीभर साथ दिने वाचा कसम् दिएर !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
