इनोभेटिभ र एआईए क्वाटरफाइनलमा

इनोभेटिभ र एआईए क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

आयोजक इनोभेटिभ ‘ए’ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित घरेलु कोर्टमा इनोभेटिभ ‘ए’ ले एस्फोडेललाई ३४–२० ले पराजित ग¥यो । इनोभेटिभ ‘ए’ का पुजन श्रेष्ठले १४ अंक योगदान गरे । वितेन ज्ञवालीको १४ अंक सहयोगमा एआईएले इनोभेटिभ ‘बी’ लाई २९–१६ ले हरायो ।
सिनियर ब्वाइजमै केएमसीले काभ्यालाई ३०–१८ तथा काठमाडौं जेभियरले नेपाल मेगालाई ४०–२५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । केएमसीका तन्त्र जोशीले १० तथा काठमाडौं जेभियरका सम्राट शाहले ११ स्कोर गरे । मातृभूमि, हिमाली, नेरिक एकेडेमी र ज्ञान निकेतन पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।
जुनियर ब्वाइजमा सनसाइनले काभ्यालाई १४–८, काठमाडौं जेभियरले मोडर्नलाई १३–६ र एआईएले इनोभेटिभलाई १५–११ ले पन्छाए । सनसाइनका प्रशान्तले ४, काठमाडौं जेभियरका उत्सवले ६ र एआईएका आदित्य बुढाले १० अंक जोडे ।
सिनियर गल्र्समा इनोभेटिभले नेपाल मेगालाई १५–९ ले पराजित ग¥यो । इनोभेटिभकी सलिना अमात्यले ८ अंक जोडिन् ।

तपाइँको प्रतिक्रिया ।
Close