वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल : ग्रिनफिल्ड सेमिफाइनलमा

वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल : ग्रिनफिल्ड सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

ग्रिनफिल्ड वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कलंकीस्थित काठमाडौं भ्याली कलेजको कोर्टमा भएको खेलमा ग्रिनफिल्डले राइजिङ स्टारलाई ४६–२४ ले पराजित ग¥यो । ग्रिनफिल्डका पेम्बा तामाङले १० स्कोर गरे ।
ब्वाइजमै मनास्लुले केसीसीएसलाई ५३–३९, हार्टल्यान्डले एडमार्कलाई ३५–२५ र समृद्धिले क्यापिटल हिललाई ४७–१६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । मनास्लुका नरिन डिसीले २६, हार्टल्यान्डका राम गमालले २१ र समृद्धिका लोटो गुरुङले १५ अंक जोडे । सेमिफाइनलमा समृद्धिको भेट ग्रिनफिल्डसंग हुनेछ भने मनास्लुले हार्टल्यान्डको सामना गर्ने छ ।
वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको सेमिफाइनल जुबिलियन्ट र जेसिस तथा समृद्धि र केसीसीएसबीच हुनेछ ।

तपाइँको प्रतिक्रिया ।
Close