भ्याली पब्लिक दोहोरो उपाधिनजिक
कपन अनलाइन
काठमाण्डौ ,माघ १७।
भ्याली पब्लिकको ब्वाइज÷गल्र्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित ग¥यो । भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसंग हुनेछ । अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हराएको थियो । पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे ।
जुनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–१५ ले पाखा लगायो । भ्याली पब्लिककी सपना गिरीले १० अंक जोडिन् । उपाधिका लागि भ्याली पब्लिकले फेरिल्यान्डको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा फेरिल्यान्डले काष्ठमण्डपमाथि २९–२३ को जित रचेको थियो । फेरिल्यान्डकी करुणा बोगटीले १३ अंक बटुलिन् । फाइनल शुक्रबार हुनेछ ।