इनोभेटिभको दोहोरो जित

इनोभेटिभको दोहोरो जित

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

आयोजक इनोभेटिभ इङलिस स्कुलले १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ ।
इनोभेटिभ ‘ए’ ले रेडियन्ट रिडर्सलाई २९–१० ले हरायो । जितमा पुजन श्रेष्ठको १० अंक योगदान रह्यो । रिजन खरेलको ४ अंक सहयोगमा इनोभेटिभ ‘बी’ ले काभ्यालाई ९–४ ले हरायो ।
सिनियर ब्वाइजमै हिमालीले एस्पान्डल पब्लिकलाई ३६–२९ तथा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले क्याम्पियन काठमाडौंलाई ५०–१५ ले पाखा लगाए । हिमालीका सुदिप श्रेष्ठले २० तथा ज्ञान निकेतनका दिप्सन अधिकारीले १७ अंक जोडे ।
जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले सनसाइनलाई १०–५, नेरिकले काभ्यालाई २६–४, केयर इङलिसले डाफोडिललाई ३०–७ र ज्ञान निकेतनले मोडर्नलाई २१–६ ले पाखा लगाए । एआईएका आदित्य बुढाले ४, नेरिकका सविन खत्रीले १५, केयरका रन्जित श्रेष्ठले १२ र ज्ञान निकेतनका करण राईले ९ अंक बटुले ।
सिनियर गल्र्समा रोज बडले इनोभेटिभलाई २०–१८ तथा ज्ञान निकेतनले एआईएलाई १४–४ ले पन्छायो । रोज बडकी स्वच्छता तथा ज्ञान निकेतनकी यशोदा गज्मेरले समान ४–४ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।