प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबलमा फेरिल्यान्ड,बौद्ध चिल्ड्रेन हेभेन र काष्ठमण्डपको जित

प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबलमा फेरिल्यान्ड,बौद्ध चिल्ड्रेन हेभेन र काष्ठमण्डपको जित

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

तेजस्वी एकेडेमी र सत्यसाइले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा सोमबार जित हात पारेका छन् ।
तेजस्वीले आयोजक ज्ञान संस्कारलाई ९–६ ले पराजित ग¥यो । तेजस्वीकी मुस्कान अधिकारीले ६ अंक जोडिन् । सत्यसाइले टीआईएलाई १८–१२ ले हरायो । सत्यसाइकी मिस्ती श्रेष्ठले ८ स्कोर गरिन् ।
सोही स्पर्धामा इडेन ब्रिज एकेडेमी (इबीए) ले बौद्ध चिल्ड्रेन हेभेनलाई २२–२०, काष्ठमण्डपले एन्जल्स हार्टलाई १२–१०, फेरिल्यान्डले बागमतीलाई २४–१९ र बागमतीले न्युटनलाई २५–१९ ले पाखा लगाए । इबीएकी अनामिका पटेलले १९, काष्ठमण्डपकी श्रियाशी सिंहले ६, फेरिल्यान्डकी करुणा बोगटीले १६ र बागमतीकी स्मृति पोखरले १३ अंक जोडे ।
जुनियर ब्वाइजमा भद्रकालीले नेचरलाई २०–१६, रिलायन्सले फ्युजनलाई ३३–२९, एन्जल्स हार्टले रिलायन्स पब्लिकलाई ३८–३२ र ग्रिनलन्सले ग्रिनल्यान्डलाई २७–२२ ले पन्छाए । भद्रकालीका देवाशिष ओलीले ११, रिलायन्सका प्रिजन कार्कीले ११, एन्जल्स हार्टका रुपेश पौडेलले २४ र ग्रिनलन्सका रोजन रम्तेलले ६ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।