बालक्लब र यसको क्रियाकलाप : विश्वजित गुप्ता (कविता )

बालक्लब र यसको क्रियाकलाप : विश्वजित गुप्ता (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

बालक्लब समूह हो, बालबालिकाको गर्ने भलो ।
नेतृत्व र व्यक्तित्व विकासको, अवसर दिने थलो ।
सामाजिक सेवाको लागि यो ढोका खुल्ला गर्दछ ।
अधिकार प्राप्त गर्न, कर्तव्यमा अटल रहन पर्दछ ।

माध्यम हो चेतना जगाउने, सिक्ने र सिकाउने ।
ठूलाले गर्ने कामलाई सानै उमेरमा थाहा पाउने ।
यसले बोल्ने क्षमता र शैलीको विकास गराउँछ ।
हौसलामा यो वृध्दि गर्छ, आत्मविश्वास बढाउँछ ।

नयाँ कुरा र नौलो ठाउँबारे, दिन्छ यसले जानकारी ।
सहयोगी भावनामा बढ्ती गरि बनाउँछ परोपकारी ।
बालक्लबले विभिन्न प्रकारका अभियान चलाउँछ ।
समाजमा विद्यमान समस्याका समाधान ल्याउँछ ।

यसले गराउँछ खेलकुद तथा सांस्कृतिक कार्यक्रम ।
सामाजिक विकृतिहरू हटाउन गर्छ कठोर परिश्रम ।
बालविवाह र जुवा–तास विरुद्घ चलाउँछ अभियान ।
प्रदान गर्छ हामीलाई सिप, अवसर, अनुभव र ज्ञान ।

भित्तेपत्रिका प्रकाशन साथै सडकनाटक पनि गर्छ ।
बालअधिकारसम्बन्धी जनचेतना नि चारैतिर छर्छ ।
समानताको मौका दिन्छ, बालसहभागिता बढाएर ।
गीत, गजल, निबन्ध, आदिको प्रतियोगिता गराएर ।

बालक्लबको समूहलाई नै, भनिन्छ बालसञ्जाल ।
यो झन् बलपूर्वक परिवर्तन गर्छ, सबैको हालचाल ।
बालक्लबमा बालबालिका एक आपसमा रमाउँछन् ।
मानसिक–बौद्धिक प्रतिभाको प्रस्फुटन गर्न पाउँछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।