स्वाभिमानले : आकाश अधिकारी (कविता )

स्वाभिमानले : आकाश अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

समयको गर्भमा लुकेका
केही सपनाहरू
युद्ध स्तरमा उठेका छन्
मेरा आँखामा
समुद्रमा ज्वार उठेझैँ
धर्तीमा तुफान चलेझैँ
बायुमण्डलमा धुँवा उडेझैँ
उठेका छन्
आखामा सपनाका लहरहरू
किन्तु
पराइको माटोमा
म पसिना बगाउने छैन
यहीँ भूमिको रक्षार्थ
सधँै जंगे पिल्लर बनेर
उभि रहने छु
आमा !
मलाई रगत हैन
शान्तिको प्रतीक
परेवा उडाउन देऊ
मलाई दूध पिलाएर
मातृ वात्सल्यको काखमा
निर्वाद निदाउन देऊ
नरभंक्षी सिंह जस्तो
रगतको आहालमा पौडि खेल्नु छैन
ममता र स्नेहले पुककित भएर
मलाई त तिम्रो काखमा
युगौ युग बाच्ने अभिलाषा छ
हौसला र प्रेरणाको
ममतामयी न्यानो काख देऊ
धेरै पछि बिहानी छाएको छ ।
यहीँ बिहानीमा मातृ वात्सल्यको
एक घुड्की
दूध पिउछु आमा
अमृत पान पान गर्छु आमा
ता कि !
म उठन सकुँ
म जाग्न सकुँ
अभिमानको हिमाल बनेर
गगन चुम्न सकँु !
स्वाभिमानको पहाड बनेर
खडा हुन सकँु !
फूलै फूलको फूलबारी बनेर
तराई र मधेसमा
लहलह अन्नका दाना बनेर
झुल्न सकँु !
धैर्यता र धिरता
यहीँ माटोमा रोपेर
अझै
केही शिव र बुद्धहरू
केही भृकुटी र सिताहरू
यो माटोमा रोप्नु छ
जन्माउनु छ ।
एक जोडी सेता परेवा उडाउनु छ ।
धरामा पसिना पोखेर
दिव्य ज्ञान् उमार्नु छ ।
भोक र प्यासले
रन्थनियको दुधे बालकलाई
झोलुङ्गोबाट झिकेर
खस्रा ठेला उठेका औलोहरूले सुम्सुम्याउदै
तिम्रो काखमा रम्न देऊ
खेल्न देऊ
आमा !
मलाई मेरो बचपन फर्काई देऊ
बुद्धका पाइला पच्छाउदै
हिड्न सकँु !
स्वाभिमानले
हिमाल चडन सकु  ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।