किताब : रजिता पण्डित (कविता )
कपन अनलाइन
काठमाडौं, पुस १३।
किताबका पानाभित्र अक्षरका मर्म
राम्रोसँग पहिल्याए उच्च बन्छ कर्म
थरीथरीका पाठहरू मिलाएर पढ्न
जानेदेखि सकिन्छ शिखरमा चढ्न
मजा आउँछ पढ्दाखेरि कविताका पाठ
कथा पढ्दा उस्तै फूर्ती बढ्छ गर्वसाथ
जुनै पाठ पढे पनि सबै उस्तै अब्बल
किताबका मूल्य बुझ्ने बन्छन् सधैँ सफल
मन लगाएर किताब पढे बन्छौँ हामी नामी
विद्वानकै जीवन त बनेको छ नि दामी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।