सत्याको ऐनाभित्र आँखा लगाउँदा : अरुणबहादुर खत्री ‘नदी’ ( कृति समीक्षा)
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
लघुकथाकार सत्या अधिकारीको ऐना नामक लघुकथासङ््ग्रह २०८० मा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उमङ्ग नामक लघुकथासङ्ग्रह २०७८ मा निस्केको थियोे । यस कृतिभित्र उनले लेखेका ऐना, इच्छाशक्ति, पठन संस्कृति, प्रश्न, सेवा, ठेस, चुनावी चाल लगायत विभिन्न शीर्षकका ६९ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६९ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्् । यस सङ्ग्रहभित्रको ऐना शीर्षकको पहिलो लघुकथामा पशुहरूबिच केही बेर खुसुरपुुसुर चल्यो । अनि एक्कासी सबैै पशुुहरूले सामूहिक स्वरमा कराए ए ! ब्वासा, पहिला आफ्नो छवि एकपटक ऐनामा त हेर् भनिएको छ । सेवा शीर्षकको लघुकथामा रामवीर महिनौदेखि अस्पतालमा थला परेका थिए । आज मत खसाल्ने दिन थियो । उनी सकी नसकी निर्वाचनस्थलमा पुगे भनिएको छ ।
सत्याले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेकी छिन् । हाम्रो समाजमा आफ्नै सन्तान भए पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको दृष्टान्त बडो रोचक ढङ्गले लघुकथामा दर्शाइएका छन् । यस सङ्गं्रहमा परिवार र समाजमा नारीहरूले भोग्नु परेका अनेक थरिका दुःख र पीडाका बोझहरूलाई लघुकथामा उताएिको छ । चुनावी चाल शीर्षकको लघुकथामा घर कहाँ हो र बाजे ? सरकारले राजधानीको खाल्डोबाट केही नदेखेर टावर बना का रे क्या अर्कोले कुुरा अध्र्याए सत्याले भनेकी छिन् ।
भाषिक सरलता सत्याका कथाहरूको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरूको मूल उद्देश्य हो । बलि शीर्षकको लघुकथामा किन होला आमा ? मलाई पूर्णिमाको त्यो चन्द्रमा देखेर डर लाग्छ । सेते बोल्यो भनेर कथाकार सत्याले भनेकी छिन् । छड्के शीर्षकको लघुकथामा उनको कुराले मनमा चिसो पस्यो । मैले उसको छड्के लिने योजना बनाएँ र अफिस ढिला जाने निधो गरे कथाकारले भनेकी छिन् । सत्याले जीवनमा जुन उतार चढाव भोगिन् सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै ऐना लघुकथा सङ्ग्रहको रुपमा जन्माएकी छिन् । मनका भावहरूलाई समय र परिस्थितिले प्रभावित गर्दा जेजसी अभिव्यक्त भयो त्यही नै यस ऐेना लघुकथा सङ्ग्रहमा सङ्कलित छन् ।
प्रमाण शीर्षकको लघुकथामा कार्यक्रम जब सकियोे अधिकांश शिक्षकहरू छक्क परिरहेका थिएँ किनभने धेरैजसो वक्ताहरू आफूलाई सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउँदै थिए भनिएको छ । दृश्य शीर्षकको लघुकथामा मेरो बिरामीमा आएको सुधार र विद्यालयमा देखिएको परिवर्तन उस्तै उस्तै लाग्यो आज मलाई सत्याले भनेकी छिन् । घर व्यवहार र जागिरबाट बचेकुचेको समय सत्याले साहित्य साधनामा लगाउँदै आएकी छिन् । धेरैलाई अभिशाप भएको कोरोना कहर उनका लागि अवसर बनेर आयो ।
सत्याको यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार सत्याले मनन गरेकी छिन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ ।
सत्याका लघुकथाहरू आदि, मध्य र अन्तको क्रममा विन्यस्त छन् । उनले लघुुकथाहरूमा सामान्य जनजीवनहरूमा प्रयोग हुने भाषा प्रयोग गरेकी छिन् । उनका सबै लघुकथाहरूमा बाह्य दृष्टिविन्न्दुको प्रयोग छ । उनले राष्ट्रका विविध क्षेत्रमा देखिएका समस्या र गत्यावरोधलाई पनि लघुकथाको विषय बनाएकी छिन्् । चित्कार शीर्षकभित्र बिचरा पेटमा भएकोे छोराको अनुहार नहेरी नै उनले गोली खानुप¥यो । आजकै दिन हो, दुईवर्ष अघि उनले वीरगति प्राप्त गरेको भनिएको छ । निर्णय शीर्षकको लघुकथामा सरला म्याम नाम जस्तै सरल थिइन् । उनी सबै विद्यार्थीलाई आफ्नै छोराछोरीलाई झैँ माया गर्थिन् । विद्यार्थीहरूको मात्र होइन, उनले अभिभावकको समेत पनि जितेकी थिइन् भनिएको छ ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार सत्याको अन्य कृतिहरू पनि प्रकाशित भएर हामीहरूले पढ््न पाउने बाचा गरेको छु ।
लेखिकाः सत्या अधिकारी
प्रकाशकः हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली ।
संस्करणः प्रथम, वि.सं. २०८०
मूूल्यः रु.२५०।–
पृष्ठः १०४

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।