कर्म : रमेश सुबेदी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
“सर, मे आई कल यु लेटर, आई एम इन डिउटी नाउ !” गार्डले फरर अंग्रेजीमा बोल्दै मोबाइल बन्द ग¥यो ।
सुनेर मेनेजरले उसलाई हेरिन् अनि सोधिन्, “तिमीलाई यहाँ कहिले देखिकी थिइनँ, नयाँ हो ?”
उसले जवाफ दियो, “यहाँ मेरो बाबा डिउटी गर्नु हुन्छ । आज उहाँको स्वस्थ ठिक नभएर मैले काम गर्दै छु ।”
अचम्म मान्दै उनले फेरि सोधिन्, “हेर्दा तिमी पढे लेखेका जस्तो छौ । कतै काम गर्छौ कि ?”
उसले भन्यो, “छैन मेम, बल्ल पढाइ सकियो । अब ‘जब’ खोज्दै
छु ।”
“तिमीलाई यसरी गार्डको काम गरि रहेको तिम्रो साथीहरुले देखे भने अफ्ठेरो लाग्दैन ?” उनले सोधिन् ।
उस्को जवाफ दियो, “कुनै पनि काम ठुलो सानो भन्ने हुँदैन । जसले यस बारे छुट्याउँछ, उस्को सोच सानो हो । जस्तो काम गरे पनि इमान्दारी पुर्वक गर्नु पर्छ । यो काम मात्र गर्छु भन्नेले कहिले सन्तुष्ठि प्राप्त गर्न सक्दैन । कसैले देख्ला कि, ईज्जत जाला कि, भन्नेले आफु भित्रको सत्यलाई बुझ्न सकेको हुन्न । बाबु आमाले आफुलाई जति दुःख भए पनि सन्तानको उन्नति प्रगती होस् भनेर दुःख गरि रहेका हुन्छन् । भै नभई सन्तानको आवश्यकता पूरा गर्छन् ।”
“कति पढेको छौ ?” उनले प्रश्न राखिन् ।
उसले भन्यो, “सिभिल ईन्जिनियरिङ्ग भर्खर उत्तीर्ण भएको छु ।”
“के तिमी यो कम्पनीमा काम गर्छौ?” उसको अनुहार हेर्दै उनले सोधिन् ।
अचम्म मान्दै उसले भन्यो, “हुन्छ नि ! अन्तरवार्ताको लागि बोलाउनुहोस् ।”
उनले भनिन्, “पर्दैन्, अन्तर्वार्ता तिमी पास भै सक्यौ । बरु भन माथि आफिसमा काम गर्ने तिम्रो बाबा गार्ड, तिमीलाई कुनै अफ्ठेरो त हुन्न ?”
उसले गर्व गर्दै भन्यो, “यही गार्डको नोकरी गरेर आज मलाई यो काबिल बनाउनु भयो । गर्वका साथ सबै कर्मचारी साथीहरुलाई मेरो बाबा चिनाएर मात्र काम सुरु गर्नेछु ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।