जनमैत्री युवा क्लवको आयोजनामा वृक्षारोपण सम्पन्न

जनमैत्री युवा क्लवको आयोजनामा  वृक्षारोपण सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको जनमैत्री युवा क्लवको आयोजनामा वृक्षारोपण सम्पन्न भएको छ। वडा नं ८ मा रहेको लोकेश्वर महादेव मन्दिर परिसरमा भाद्र २२ गते सनिवार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

सो अवसरमा विभिन्न प्रजातिका १०५ वटा विरुवाहरु रोपिएको जानकारी दिदै क्लवका अध्यक्ष निश्चल अधिकारीले अन्य स्थानमा पनि आगामी दिनमा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम आयोजना गरिने बताएका छन।

जनमैत्री युवा क्लवले विभिन्न समयमा रक्तदान लागयतका सामाजिक गतिविधि गर्दै आएको छ। उक्त वृक्षारोपण कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।