कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

कपन अनलाइन
काठमाडौं, भदौ २३ ।
कोटेश्वर तेक्वान्दो डोजाङ छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । कोटेश्वरले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगितामा सुन्दरीमाइ तेक्वान्दो डोजाङ २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ओम माने तेक्वान्दो डोजाङले १ स्वर्ण र ४ रजत हात पा¥यो ।
विजेतालाई बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक राष्ट्रिय तेक्वान्दो संघकी अध्यक्ष शारदा धिमाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको नेपाल खेलकुद महासंघका इन्चार्ज एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगननाथ थपलिया र नेकोसका महासचिव धर्मकुमार लामाले उद्घाटन गरेका थिए । प्रतियोगितामा २ सय ७५ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।