नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न 

नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न 

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३ ।

नेपाल डेरी  एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आईरहेको संस्था हो। २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ । विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध उद्योगीहरु यस छाता संगठनको सदस्य बनेका छन् ।
एसोसिएसन भित्र आफ्ना उद्योगीहरुको स्तरोन्नतीका लागि विभिन्न तालिम, गोष्ठि एवं अध्ययन अवलोकनका कार्यहरु हुने गर्दछ्न्। सोही अनुसार सुदुरपश्चिम प्रदेशले मेची महाकालीको ५ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको कुरा एसोसिएसनका सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले जानकारी गराए । भ्रमण टोली धनगढीदेखि पूर्वको ईलामसम्म पुगि फर्केको छ ।
भ्रमणका क्रममा डेरी उद्योग, फार्म,विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गरिनुका साथै उद्योगका विषयमा पनि जानकारी लिने दिने कार्य भएको थियो। अध्ययन गर्ने उदेश्यका साथ भ्रमण कार्यक्रम तय गरिएको कुरा भ्रमणमा सहभागी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले बताए । भ्रमणमा सुदुर पश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यहरुको सहभागी रहेको थियो।
भ्रमण सुदुर पश्चिम प्रदेशको धनगढी स्थित श्रीराम डेरी उद्योगको परिसरबाट शुरु गर्दै लुम्बिनी प्रदेशको तुल्सिपुर स्थित मोर्डन गाई फार्म अवलोकन गर्दै फार्मका संचालक एवं एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रेशम बहादुर खड्कासँग भेट गरि मायाको चिनो आदानप्रदान प्रदान गर्दै फार्म अवलोकन गर्न क्रममा पशुपालन सम्बन्धि धेरै कुरा सिक्ने र सिकाउने  अवसर प्रप्त भएको कुरा उपाध्यक्ष खड्काले बताए।
कार्यक्रममा विभिन्न ऐतिहासिक, धार्मिक र पर्यटकीय  स्थलहरुमा समेत भ्रमण गरिएको थियो । भ्रमणको क्रममा रुरु क्षेत्रको धार्मिक स्थल, ईलामको चिया बगान, सिन्धुली गढी लगायत अन्य थुप्रै स्थानहरुको भ्रमण गरिएको थियो।
अबलोकन क्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी राजन चिमरिया संचालक रहेको झापाको धाइजनमा अवस्थित रितिका डेरी उद्योग अवलोकन गरि केन्द्रिय महासचिव हेमचन्द्र खनाललाई भेटघाट गरि विभिन्न विषयमा छलफल तथा भलाकुसारी गर्दै भ्रमण कार्यक्रमलाई समापन सहित सुदुरपश्चिम प्रदेशको यात्रा समापन भएको थियो।
यसरी एक ठाउँबाट अर्को ठाउँ र एक उद्योगबाट अर्को उद्योगमा  जाँदा, हेर्दा र कुराकानी गर्दा धेरै कुरा सिक्न र सिकाउन सकिने  हुन्छ । एसोसिएसनले यस्ता कार्यक्रमलाई जहिले पनि पहिलो प्राथमिकतामा राखेको हुन्छ । यसै कारण एसोसिएसनका केन्द्रिय र प्रादेशिक बैठकहरु पनि स्थान परिवर्तन गर्दै पालैपालो गरिने गरिएको छ ।
एसोसिएसनले स्वदेशी एवं विदेशी अवलोकन भ्रमण गर्दा नयाँ नयाँ कुराहरु सिक्ने पाइने र आफ्नो उद्योगमा सोही कुरा लागु गर्दा उपयोगी हुने हुन्छ । हरेक वर्ष कहिँ न कहिँ कोहि न कोहि सदस्यहरु गइनै रहेका हुन्छन् । गत साल बंगला देश, कतार, इजरायल, भारत लगायतका देश भ्रमण गरिएको थियो भने यस साल श्रीलंका र अब तत्काल चाइना जाने तयारी रहेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।
तपाइँको प्रतिक्रिया ।