नेकपा एस बुढानिलकण्ठमा भिषण पहिरो: कुसुमले पार्टी छाडे,धुर्वराज सहित दर्जनौ एमालेमा

नेकपा एस बुढानिलकण्ठमा भिषण पहिरो: कुसुमले पार्टी छाडे,धुर्वराज सहित दर्जनौ एमालेमा
कपन अनलाइन
काठमाण्डौ,भाद्र १२।
नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठमा भिषण राजनीतिक पहिरो गएको छ। बुढानिलकण्ठका प्रभावशाली नेता तथा पुर्व केन्द्रीय सदस्य कुसुम कुमार कार्कीले पार्टी छाडेको केहि समय पछि नै अर्का प्रभावशाली नेता धुर्वराज न्यौपानेको नेतृत्वमा दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन।
काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको लर्ड्स पार्टी प्यालेसमा स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटीका  सचिव धुर्वराज न्यौपाने सहित जिल्ला कमिटी र  नगर कमिटीका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा सामेल भएका छन।
आजको पार्टी प्रवेस कार्यक्रममा नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा, नेताहरु प्रमोद ढकाल, दान बहादुर खड्का, युवा संघका केन्द्रीय सदस्य तथा नगरका नेता  रामशरण सापकोटा, अनेम संघका नेतृहरु पुष्पा खड्का,ममता ढकाल, युवा संघका नेताहरु आकाश श्रेष्ठ ,दिपेस थापा,निरन्जन लामा  पनि नेकपा एमालेमा फर्किएका छन।
त्यस्तै सो अवसरमा नेकपा एस बुढानिलकण्ठका नेताहरु रामराज गौतम,सन्तोस पौडेल,दिपेस थापा मगर, राजन श्रेष्ठ ,साधुराम सापकोटा,नारायण आचार्य,मेघ कुमार न्यौपाने, काजी थापा लगायत नेकपा एमालेमा प्रवेस गरेको धुर्वराज न्यौपानेले जानकारी दिएका छन।
प्रभावशाली नेताहरुले पार्टी छाडे संगै नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ निकै रक्षात्मक अवस्थामा पुगेको चर्चा राजनीतिक वृतमा चलेको छ।
नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले पार्टी प्रवेस गरेका सबैलाई योग्यता ,क्षेमता र अनुभव अनुसार उचित जिम्मेवारी प्रदान गर्ने बताउदै आजको पार्टी प्रवेस पहिलो चरण मात्र भएको र अन्य नेता कार्यकर्ताहरु संग पनि सघन छलफल र सम्पर्कमा रहेको जानकारी दिएका छन।
लामो समय नेकपा एमालेमा क्रियाशील रहेर विगतमा नेकपा एस लगायत अन्य पार्टीमा गएकाहरुलाई स्वागत गर्न नेकपा एमाले तयार रहेको बताउदै उनले नगरमा नेकपा एसका नेता तथा कार्यकर्ताहरुको प्रवेसले उत्साहित बनाएको धारणा ब्यक्त गरेका छन।
तपाइँको प्रतिक्रिया ।