आयोजक ज्ञानोदयको जित

आयोजक ज्ञानोदयको जित
कपन अनलाइन
काठमाण्डौ,भाद्र १३।

आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित हात पारेको छ ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई ४९–४४ ले पराजित ग¥यो । ज्ञानोदयका दीपेश शाहीले २२ अंक जोडे ।
ब्वाइजकै अन्य प्रतिस्पर्धामा पुष्पसदनले मल्पीलाई ५६–३६, भीएस निकेतनले रुपिजलाई १६–४ र ओएसिस्ले लिटिल एन्जल्सलाई ५१–३९ ले हराए । पुष्पसदनका मनीष गुरुङंले १९, भीएस निकेतनका समिरजंग राणाले ८ र ओएसिस्का जसन राना मगरले १९ स्कोर गरे ।
गल्र्समा एनसीसीएसले एलआरआईलाई २८–९ तथा मल्पीले रुपिजलाई ११–२ ले पाखा लगाए । एनसीसीएसकी प्रतिष्ठा शाहले १२ तथा मल्पीकी अरेथा श्रेष्ठले ६ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।