नेकपा एस काठमाण्डौका उपाध्यक्ष र सचिव सहित १६० भन्दा बढी नेकपा एमालेमा प्रवेस

नेकपा एस काठमाण्डौका उपाध्यक्ष र सचिव सहित १६० भन्दा बढी नेकपा एमालेमा प्रवेस
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
नेकपा (एकीकृत समाजवादी ) काठमाण्डौ जिल्ला कमिटीका उपाध्यक्ष र सचिव सहित १६० भन्दा बढी नेकपा एमालेमा प्रवेस गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको लर्ड्स पार्टी प्यालेसमा स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटीका उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपाने सहित विभिन्न क्षेत्र तथा जनसंगठनका नेताहरु नेकपा एमालेमा प्रवेस गरेका हुन।
 काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष रोहित महर्जन,सचिव गृश्म महर्जन,उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा,राजकुमार महर्जन, विजय देवकोटा लगायत रहेका छन।
नेकपा एमालेका पोलिटब्युरो सदस्यहरु आनन्द पोखरेल, कृष्णराई र रामेश्वर फुँयाल सहितका नेताहरुको उपस्थिति रहेको सो पार्टी प्रवेस कार्यक्रममा  नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा, युवा संघका केन्द्रीय सदस्य रामशरण सापकोटा, बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,नेताहरु प्रमोद ढकाल,दान बहादुर खड्का सहित बुढानिलकण्ठका अधिकांश नेताहरु नेकपा एमालेमा प्रवेस गरेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा भएको सो पार्टी प्रवेस कार्यक्रममा बुढानिलकण्ठका प्रभावशाली नेताहरु नेकपा एमालेमा फर्केका छन। ( नेकपा एमाले बुढानिलकण्ठ नेताहरुको विस्तृत विवरण अर्को समाचारमा )
तपाइँको प्रतिक्रिया ।