लायन्स क्लबको आयोजनमा शान्तिका लागि युवा सचेतना कार्यक्रम सम्पन्न,लायन रमेश श्रेष्ठ सम्मानित

लायन्स क्लबको आयोजनमा शान्तिका लागि युवा सचेतना कार्यक्रम सम्पन्न,लायन रमेश श्रेष्ठ सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

लायन्स क्लब अफ काठमाडौं झ्यारूङ खस्योरले आयोजना गरेको शान्तिका लागि युवा सचेतना तथा टि सर्ट वितरण कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा लायन रमेश श्रेष्ठ लगायतलाई युथ एम्बेसेडर फर पिस अवार्डले सम्मानित पनि गरिएको थियो।

सोमवार इन्टरनेशनल युथ एण्ड स्टुडेण्टस् फर पिस(आईवाईइसपी) सँगको संयुक्त आयोजनामा नक्सालमा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

विश्वमा द्वन्द्व बढिरहेको र संसार ठूलो युद्ध तर्फ अगाडि बढिरहेको समयमा युवा विद्यार्थीलाई शान्तिदुतका रुपमा तयार गर्न कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं झ्यारूङ खस्योरका अध्यक्ष तथा कार्यक्रमका सभापति लायन नवीन बज्र लामाले बताएका छन  । कार्यक्रममा Multiple Coordinator, Chief Magazine Editor 2nd Century Ambassador Lion Ananta Prasad Bhetuwal PMJF, Titanium NLF को बिशिष्ट आथित्यमा, पूर्व प्रतिनिधि सभा सदस्य मिलन राजवंशी, District 32 E का 1st Vice-Governer Lion Hira Gupta MJF ज्यू र 2nd Vice-Governer Lion Shyam Kumar Yadav MJF हरूको विशेष आथित्यमा तथा District 325 E का Secretary Lion Amar Bahadur Kunwar (Laxman) PMJF, Treasurer Lion Pramod Ghimire PMJF, GLT Cooridnator Training pool Chief Lion Ramesh Shrestha PMJF, Chief Area Coordinator Lion Rajan Shrestha Dharatal, Chief Cloth Bank Lion Hari Kumar Shrestha हरूको आथित्यमा, गायक आनन्द कार्की सहित  विभिन्न कलाकारहरूको पनि उपस्थिति तथा आतिथ्यता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।