नोर पुस्तकको कृति समीक्षा : पूर्णिमा गौतम

नोर पुस्तकको कृति समीक्षा : पूर्णिमा गौतम

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

कृति समीक्षा कार्यक्रमका समादरणीय सभाध्यक्ष महोदय, प्रमुख अतिथि, अतिथिज्यूहरु, पूज्य गुरुवर्ग सहपाठी साथीहरु लगाएत सम्पूर्ण महानुभावहरुमा म कक्षा ९ मा अध्ययनरत छात्रा पूर्णिमा गौतमको तर्पmबाट स्वीकार्नुहोस् न्यानो अभिभादन । पठन संस्कृतको विकास गर्ने मूल उद्देश्यका साथ पढौं र पढ्नलाई प्रेरित गरौँ जस्ता विभिन्न उद्देश्य राखेर रिलायन्स एजुकेशन नेटवर्कमा कृति समीक्षा हुँदै आएको पाइन्छ । यसैको निरन्तरताको साथ हामी विद्यार्थीहरु बिच पनि कृति समीक्षा हुँदै आएको पाइन्छ ।

ढुङ्गे युगका मानिसको जीवनसँग समर्पित पुस्तक हो नोर । यस पुस्तकका लेखक रोशन पोखरेल हुन् । पढन्ते पिताको सङगतमा हुर्किएका रोशन पोखरेल सानैदेखि किताबहरुसँग रमाउँथे । बिस्तारै उनी किताबको तिलस्मी दुनियाँमा हराए र किताबहरु रचना गर्न पुगे । उनले लेखेका पुस्तकहरु जस्तै : एकलव्य,MR गौरव, भेलम, नोर आदि नेपाल भर प्रचलित छन् ।

नोर पुस्तकको मुख्य पात्र नोर हो र नोह, लोह, शेह जस्ता अन्य पात्रहरु पनि रहेका छन् । नोर पुस्तकको अगाडिको कभरमा दुई ओटा हिमालको र पहाडको बिचमा नोर लेखिएको छ र तस्बिरमा दुई ओटा जङ्गली जनावर देखिन्छन् र एउटा मानिस बसेको पनि देखिन्छ । पुस्तकको पछाडि पट्टि लेखकले आफ्नो भनाइ राखेका छन् र अन्तिममा काठमाडौं पब्लिकेशन भनेर लेखिएको छ ।

विश्व इतिहासमा ढुङ्गे युगले मानव र मानव समाजको विकासको एउटा चरणलाई बुझाउँछ । यस युगमा मानिसहरुले औजार बनाउनका लागि मुख्य सामाग्री ढुङ्गाको प्रयोग गर्थे । उदाहरणका लागि ढुङ्गाको सहायताले सिकार गर्ने, ढुङ्गाका गुफाहरुमा बास बस्ने, ढुङ्गाबाट आगो बाल्ने, आदि । यस पुस्तकमा पनि मानिसहरुले कसरी तिखा भाला, तिखा औजार ढुङ्गाबाट बनाइएका थिए र त्यसलाई कसरी प्रयोग गरिन्थ्यो भन्ने बारे वर्णन गरिएको पाइन्छ । मानिसहरुको खाने कुरा साहारा फल वा कन्दमूल हुने गर्थे वा जङ्गली जनावरको मासु हुने गथ्र्यो । यस पुस्तकमा नोरका बुबा झण्डको मोङ यानि मुखिया थिए । यस किताबमा उनका बुबा सबैसँग मिलेर सबैलाई मिलेर बस्न आग्रह गर्थे । यस किताबमा अनौठा शब्दहरुको पनि प्रयोग गरिएको छ । जस्तै ः महिलालाई महिला नभनेर आइमाई, पुरुषलाई लोग्ने मान्छे, युवकलाई तन्नेरी, भाषालाई बोली अनि छानालाई आकाश आदि ।

मानव जातिको विकास क्रमलाई हेर्दा मानव विकास जङ्गलबाट भएको थियो । सुरुमा मानिस जङ्गलमा बस्थे । कन्दमूल खाने र रुखका बोक्रा लगाउने मानव समूह ओडार वा गुफामा बस्ने गर्थे । उनीहरु ढुङ्गाका हतियारले सिकार गरेर खान्थे । नोरका बुबा र अन्य तन्नेरी पनि हतियार लिएर सिकार गर्न जान्थे र सिकारी मारेर ल्याएपछि झुण्डका मानिसहरुलाई बाड्थे । सरल र सहज जीवनयापन गर्न नपाए पनि उनीहरु आपूm र अरु प्रति कहिल्यै रिस, राग र झगडा गर्दैनथे ।

यस कृति समीक्षामा लेखकले हाम्रो विगतका पुस्ता हाम्रै प्रजा रैतिका बारेमा जीवनयापनका भोगाइहरु सरल भाषाबाट प्रस्तुत गरका छन् । परापूर्वक कालमा ढुङ्गे युगका मानिसहरु खानपान, संस्कृति, रहनसहन, भेषभुषा लगायत सम्पूर्ण कुरामा फरकपना थियो । बिस्तारै बिस्तारै मानिस घरपरिवार, समुदाय छरछिमेकमा मिलेर बस्ने बानीको विकास हुँदै गयो, उनीहरुको स्वभावमा फरकपना आयो । ढुङ्गाका हातहतियार बनाएर जङ्गलका कन्दमूल गिठ्ठा भ्याकुर र जङ्गली जनावर खाने उनीहरुमा क्रमिक सुधार आउँदै गयो । यस पुस्तकमा एउटा बालक नोर भन्ने व्यक्ति साधारण परिवारको हुन्छ । अनि त्यस समुदायमा बसोवास गर्ने अरु समुदायका व्यक्तिहरुले घोचपेच, सानो र कम्जोर अवस्थाका मानिसहरुलाई हेपाइ प्रवृतिको पनि व्याख्या गरिएको पाइन्छ । यस्तो किसिमको समाजको गुर्जिदो अवस्था रहेर जीवन जिउनुको सट्टा उनीहरुको आप्mनो आवाज बुलन्द रुपमा बाहिर ल्याउन र आपूm कमजोर नभइ म पनि शक्तिशाली हुँ भन्ने सोच राख्नु यो समाजको एक उदाहरणीय रुप देखाउनु व्यक्तिको अधिकार हो भन्न सकिन्छ ।
नोर पुस्तकका लेखक रोशन पोखरेलले यस पुस्तकमा यो भन्न खोज्नु भएको छ कि यो हाम्रै पूर्खा हाम्रै समाजमा परापूर्वक कालमा रहेको एक समुदाय, यसै समुदायको जीवनशैली आधारित यस पुस्तक समीक्षा । यस पुस्तकको भावलाई एकिन रुपमा भन्नु पर्दा विकट, पिछडिएका समुदाय नेपालका कर्णाली पश्चिमी क्षेत्रमा पाइन्छन् । यस्ता लोपोन्मुख समुदायका लोपोन्मुख जातजातिलाई आजको बदलिदो परिवेशमा सरकारले धेरै आरक्षण र कोटा दिएर संरक्षण गरेको छ । यदि यसो गरिएन भने उनीहरुको लोक कला, संस्कृति परम्परा हराएर जान्छ त्यसकारण यस्ता जातजातिलाई संरक्षण दिएर राख्नु सरकारको दायित्व भित्र पर्दछ । यस्ता जातजातिको वा लोपउन्मुख जाति दिनानुदिन निकै न्यून हुँदै गएको छ कारण व्यवस्थित बसोवास नहुँदा समुदायको अस्थित्व नै जोखिममा रहँदै आएको छ तर पछिल्लो समय यस्ता जाति थप सुरक्षित रहेका छन् ।

यस समुदायमा पनि कुनै एक धर्मले जरा गाडेको थियो । त्यो थियो इन्देनानो शे १ यसको लगातार लय हालेर भनियो भने कुनै दुष्ट शक्तिले नछुने कुरा उनीहरुमा विश्वास थियो । यस नोर किताब समीक्षा लेखनमा उनै परापूर्वककालका मानिसको जीवनशैली भोगाइ कथा उही जाति उही ठाउँ भनेर ठ्याक्कै भन्न सकिँदैन ।

बदलिदो समयको परिवेशसँगै परिवर्तन हुने परापूर्वका कालको मानिसको जीवनशैली समयको विकाससँगै परिवर्तन हुन खोजेको छ र भएको पनि छ । समाजमा बाँधिनुको कारण माया, मोह, सद्भाव, सहिष्णुता, सहयोगीपन र एकजुटता पनि यस कृति समीक्षामा झल्कन्छ । साँचै जीवन र मरणसम्मका चलन, चल्तीका प्रसङ्गका पनि व्याख्या गरिएको पाइन्छ ।

पुस्तक १ देखि २० ओटा पाठमा छुट्याइएको छ र लेखक पुरै रुपमा ढुबेर लेखिएको यस पुस्तकमा २०० पानाहरु रहेका छन् । नोर पुस्तक एक जीवन कथा भएकाले यस पुस्तकमा जीवनयापनको बारेमा मात्रै पाइन्छ । लेखक स्वयम्ले अनुभव गरेर बटुलेका संगालो हो नोर पुस्तक । अन्य संस्मरणात्मक कृतिमा लेखकले जीवन एक भोगाइका चाङ हो भन्ने पक्षलाई समेटेर लेखिएको पाइन्छ । धार्मिक तथा वैज्ञानिक सत्यता रहेको यस पुस्तकको मन छुने भनाइहरुले मलाई यो पुस्तक असाध्यै मन प¥यो । यस पुस्तकमा मलाई मन परेको भनाइ यस प्रकार छ ः नोरका बाजे भन्थे “भोगाइहरुको चाङ हो जीवन । भोगाइहरुको खात पनि । हाम्रा भोगाइहरु खात लागेर बस्छन् अनि जीवन बन्छन् ।” मीठा नमीठा अनुभूतिहरुको लगातारको यात्राले जीवन आपैmँ यात्रा बनी बन्दो रहेछ । जीवन एउटा जिउँदो बग्दो नदीजस्तै हो । जीवनरुपी नदीलाई सही दिशा निर्देश गर्न सके हरेक मानिसको जीवन महान बन्न पुग्दछ । यसका लागि असल गुरुको सदैव आवश्यकता पर्दछ ।

(रिलायन्स पब्लिक स्कुलकी छात्रा पूर्णिमा गौतमले विद्यालयको नियमित कृति समीक्षा कार्यक्रममा प्रस्तुत कृति समीक्षा २०८१)

 

तपाइँको प्रतिक्रिया ।