बुढानिलकण्ठ-६ मा सडकको अवस्था नाजुक बन्दा स्थानीयलाई सास्ती

बुढानिलकण्ठ-६ मा सडकको अवस्था नाजुक बन्दा स्थानीयलाई सास्ती

कपन अनलाइन

काठमाण्डौ ,साउन ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको तारापुन्ज सहकारी संस्था नजिकको सडकमा अवस्था नाजुक बन्दा स्थानीयहरुले निकै सास्ती खेप्नु परेको छ।

सो स्थानको सडकको अवस्था निकै भिरालो र नाजुक रहेका कारण स्थानीयहरु तथा विद्यार्थी हरुले निकै सास्ती भोग्नु परेको स्थानीय सुर्य पाण्डेले बताएका छन।

सो स्थानमा रहेको भिरालो सडकका कारण आवतजावतमा समस्या रहेको बताउदै उनले साउन २९ गते मात्र केहि विद्यार्थीहरुको हात भाचिएको भन्दै तुरुन्त निर्माणका लागि अनुरोध समेत गरेका छन।

सो सडक निर्माणका लागि सरोकारवाला सबै पक्षलाई अनुरोध गर्दै स्थानियहरुले आफुले समेत सकेको सहयोग गर्ने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।