फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

कपन अनलाइन

काठमाण्डौ ,साउन ३०।

निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ ।

यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् ।

निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको जानकारी सनिशाले दिइन् ।

सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ ।

यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ ।  यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

यस फिल्ममा निती शाह पनि यसअघि नै अनुबन्धित भइसकेकी छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

तपाइँको प्रतिक्रिया ।