पुरानो लुगा : सीता अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
पुरानो लुगामा लुकेको पुरानो कुरा
रातो भए पुग्थ्यो हातका चुरा
सस्तो र महङ्गो छैन पर्दा कति
पुरानो लुगामा नै रमाउने यो मन अति
पुरानो लुगामा लुकेको पुरानो कुरा
खुसी लाग्छ हेर्न कपालको जुरा
पुरानो लुगामा लुकेको पुरानो कुरा
सस्तो र महङ्गो केलाउन नजर छुरा
सहकार्य :[कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।