आमा मलाई फेरि बालक बन्ने मन छ : वन्दना पौडेल (व्यङ्ग्य कविता)

आमा मलाई फेरि बालक बन्ने मन छ : वन्दना पौडेल (व्यङ्ग्य कविता)

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

आमा मलाई फेरि बालक बन्ने मन छ ।
विद्यालयमा सबैभन्दा छिटो पुग्नुछ ।
नआएका कुरा गुरुसँग बुझ्नु छ ।
आफुले छिटोछिटो गृहकार्य सकेर
साथीलाई पनि सिकाइदिन मन छ ।
आमा मलाई फेरि बालक बन्ने मन छ ।

शिक्षाको प्रकाशले जीवन उज्यालो बनाउदै
साथीभाइ र इष्टमित्रको हात समाउदैँ
मेरो विद्यालयको प्राङ्गणमा जम्दै
सुनौलो भविष्यको कल्पनामा रम्दै
आमा मलाई फेरि बालक बन्ने मन छ ।

बुबाजस्तै ठुलोमान्छे बन्ने मन छ ।
शिक्षक भन्दा बढी जान्ने हुन मन छ ।
शिक्षकलाई प्रश्नै प्रश्न गरेर
अल्छी शिक्षकलाई तह लगाउन मन छ
आमा मलाई फेरि बालक बन्ने मन छ ।

स साना कुरामा निउ खोज्दिन म ।
शिक्षकलाई तुलोसँग जोख्दिन म
कक्षाभित्र प्रवेश गरेपछि बुझाएर त पढाउनै पर्छ
शिक्षकले नै नपढाएपछि हाम्रो शिक्षा कहाँ माथि बढ्छ
आमा मलाई फेरि बालक बन्ने मन छ ।

दुई रुपियाको कमाइ नहुँदा नि
करोडौको कुरा गर्दिन म
घाटी हेरी हाड निल्छु
तर शिक्षामा पछि पर्दिन म
आमा मलाई फेरि बालक बन्ने मन छ ।

खराब साथीलाई तह लगाउनु छ
नपढ्ने साथीलाई पढ्ने बनाउनु छ
शिक्षकका आँखा छलेर भाग्ने साथीलाई
जीवनको यथार्थ बुझाउनु छ
आमा मलाई फेरि बालक बन्ने मन छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।