खोई के देखे देखें : पुनम घिमिरे (कविता )

खोई के देखे देखें : पुनम घिमिरे (कविता )

कपन अनलाइन
पेरिस, साउन २०।
बाँसको अपुर्व डोलि देखें
कसैको आसु कसैको बोलि देखें
खोई के देखें देखें
लम्पसार थियो शरीर छेवैमा म देखें !

धुवाँमा आकिर्ति उडेको देखें
बगरमा पाइलाको छाप देखें
खोई के देखें देखें
आफ्नै मलामि गएको देखें !

तिलस्मी शब्दको जाल देखें
कविता गजल सुनसान देखें
खोई के देखें देखें
दाउराको सिरानी गजबको देखें !

पानीका फोका फुटेका देखें
मुटु सँग धड्कनको लुकामारी देखें
खोई के देखें देखें
पशुपतिको सुन्दर ब्राह्मनाल देखें !

अह्मको घैला छताछुल्ल देखें
बादलमा आफ्नै आकृति देखें
खोई के देखें देखें
आफ्नै शरीर दनदनी बलेको देखें !

शुन्य सरि भै शुन्यमा बिलिन देखें
अन्त्य उद्गम दुवै देखें
खोई के देखें देखें
सबैलाई हतार आफुलाई फुर्सद देखें !

बागमतीको पानीले पखालेको देखें
आफ्नै अस्तु सेलाएको देखें
खोई के देखें देखें
आज आफ्नै अन्तिम संस्कार देखें !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।