साउन महिना :त्रिलोचन आचार्य (कविता )

साउन महिना :त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
पेरिस, साउन १९।
झर्झर झर्झर झर्झर वर्षा भर्खर् आयो साउन यो
सर्सर् सर्सर् पात मकैका हत्पत लागे गाउन हो
कुल्कुल् कुल्कुल् कुद्ने खहरे छङ्छङ् छङ्छङ् दौडिए
धप्धप् धप्धप् डढ्ने पाखा खल्खल् खल्खल् पौडिए
३ २३
हप्हप् हप्हप् गर्मी खेद्दै सर्सर् आयो शीतलता
कट्कट् कट्कट् दाँत बजाई काँप्ने बेला छैन यता
सल्सल् सल्सल् हरिया बारी खेत मुसार्छ गजब छ सृष्टि
भर्भर् भर्भर् राप निभाई हेर्दछ स्वच्छ रसमय दृष्टि
३ ३ ३
कल्कल् कल्कल् कुला कुनाका टिलपिल भरिए पानीले
छम्छम् छम्छम् नाच्छन् पाखा रम्झम् ग¥यो जवानीले
खर्खर् खर्खर् पेट भरेरै फर्किए गाई गोठमा
चम्चम् चम्चम् मुस्कान भ¥यो किसानी जनको ओठमा
३ ४ ३
ड्याम्ड्याम् ड्याम्ड्याम् कुद्दछ खोला कसले छेक्ने बाटो त्यो ?
ड्याङ्ड्याङ् ड्याङ्ग्ड्याङ् झार्दछ थुम्को लान्छ कि सारा माटो यो ?
चञ्चल् छल्छल् फूर्ति बढेको बैंश चढेको छहराको
चुल्बुल् चुल्बुल् शिर उचाल्छन् बान्की बढेछ लहराको
३ ५ ३
खल्बल् खल्बल् साउन मैन्हा कहिले पानी कहिले घाम
झट्पट् झट्पट् बाढी पहिरो नहिँडेस् नानी विनाकाम
सल्बल् सल्बल् बादल डुल्दा खल्बल् खल्बल् तराई छ
हरपल हरपल होश बढाऊँ प्रकृति हैन है पराई त ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।