सारदा एकेडमीले महिला राष्ट्रिय फुटबल टोलीकी प्रिती राईलाई सम्मान गर्ने,दयाहांग प्रमुख अतिथि

सारदा एकेडमीले महिला राष्ट्रिय फुटबल टोलीकी प्रिती राईलाई सम्मान गर्ने,दयाहांग प्रमुख अतिथि

कपन अनलाइन
काठमाडौं, साउन ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको सारदा एकेडेमीले नेपाली महिला राष्ट्रिय फुटबल  टोलीकी लोकप्रिय खेलाडी प्रिती राईलाई सम्मान गर्ने भएको छ।

लोकप्रिय अभिनेता दयाहांग  राईको प्रमुख आतिथ्यतामा हुने सारदा एकेडमीको २० औं  वार्षिकोत्सवको तथा अभिभावक दिवसमा सो विद्यालयकी पुर्व विद्यार्थी समेत रहेकी प्रिती राईलाई सम्मान गर्न लागिएको प्रधानाध्यापक मोहन फुंयालले जानकारी दिएका छन।

सो अवसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान सामग्रीको प्रदर्शनी( Science Exhibition),  खाना महोत्सव (Food festival)का साथै  विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ।

उक्त कार्यक्रम साउन १२ गते सनिवार बिहान १०.३० बजेदखि विद्यालय प्रांगणमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।