भाषा,कला र साहित्य सम्बन्धि बुढानिलकण्ठका विशेष योजनाहरु………..

भाषा,कला र साहित्य सम्बन्धि बुढानिलकण्ठका विशेष योजनाहरु………..

कपन अनलाइन
काठमाडौं, साउन ९।

बुढानिलकण्ठ नगरपालिकाले भाषा, कला र साहित्य सम्बन्धि पाँच वटा विशेष योजनाहरु संचालन गर्ने भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक योजनामा नगरपालिकाले ५ वटा योजनाहरु संचालन गरिने जानकारी दिएको छ।

नगरपालिकामा भाषा, कला र साहित्य क्षेत्रको विकासका लागि आन्तरिक श्रोतबाट बजेट व्यवस्थापन गर्ने गरी विभिन्न ५ वटा योजनाहरु संचालन गर्ने कार्यक्रम ल्याएको हो।

भाषा, कला र साहित्य सम्बन्धि कार्यक्रमहरु :

१.प्रतिभा बुढानिलकण्ठ : १० लाख

२.भाषा ,कला साहित्य संस्कृती सम्मेलन /गोष्ठी /महोत्सव :२० लाख

३.साहित्य सम्मान पुरस्कार तथा सहकार्य : १५ लाख

४.मगर संस्कृतिको संरक्षण तथा सम्वर्धन : ३ लाख

५. स्थानीय जात्रा ,धर्म पर्व /परम्परागत तथा मौलिक संस्कृति एबम चाडपर्व : २० लाख

 

तपाइँको प्रतिक्रिया ।