रोड टु टोटनह्यामः नेपाल दोश्रो टोली बेङ्गलोर प्रस्थान

रोड टु टोटनह्यामः नेपाल दोश्रो टोली बेङ्गलोर प्रस्थान

कपन अनलाइन
काठमाडौं, साउन ९।
श्री भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तरगत च्यासल मैदान र एन्फा फुटबल मैदानमा भएको छनोटमा सफल फुटबल खेलाडीहरुको दोश्रो टोली आज मंगलबार बेङ्गलोर प्रस्थान गरेको छ ।
श्री भगवती क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ तथा ब्यवस्थापक राजु विक्रम थापाको नेतृत्वमा ४६ सदस्यीय टोलीेले बेङ्गलोरको किक स्टार्ट फुटबल क्लब (एफसी) मा छनौट परिक्षण दिने छन् । परिक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरुले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरुले टोटनह्याममा सहभागीता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।
बेङ्गलोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलता परिक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यस पश्चात खेलाडीहरु नेपाल फर्कने र परिक्षणमा छनौट हुन सफल खेलाडीहरुले आवश्यक प्रकृया पुरा गरे पश्चात पुन एकेडेमीमा प्रशिक्षण लिने जाने छन् । प्रशिक्षण बाट उत्कृष्ट हुने खेलाडीहरुले टोटनह्यामको टिक काट्ने संयोजक जोशीले बताए ।
यस अघि छनोट चरणमा सहभागी ३६ खेलाडीहरु मध्ये ५ खेलाडीहरुले पूर्ण छात्रबृत्ती प्राप्त गरेका छन् भने अन्य खेलाडीहरुले ९० प्रतिशत देखि १० प्रतिशत सम्मको छात्रबृत्ति प्राप्त गरेका छन् ।
टोखास्थित श्री भगवती क्लबको आयोजनामा भएको रोड टु टोटनह्यम कार्यक्रममा देशभरिका करिव ३ हजार खेलाडीहरुको सहभागिता रहेको थियो । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरुको टोलीले दुई दिन सम्म संचालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरुलाई पुन दोश्रो चरणको लागि बेङ्गलोरमा छनोट गर्न लागिएको हो ।

तपाइँको प्रतिक्रिया ।