दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,असार १५।

तीखो काढा काढामा पनि फुललाई फुल्न बाध्य छ
झुसिल किरालाई पनि पुतली भै झुल्न बाध्य छ
यस्तै यस्तै छ जिन्दगी को ठूलो बिडम्बना
जिउदो जीवन रोदन बोक्दै डुल्न बाध्य छ ।

प्रयास गरेर हेर यहाँ अन्न फल्छ
उद्योग गरेर हेर यहाँ धन फल्छ
गरीब भयौ भनी आत्तिएर हिडनेहरु हो
सर्प्रयत्न त गरेत हेर यहाँ सुन फल्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।