मातृवन्दना : कविप्रसाद प्याकुरेल (कविता )

मातृवन्दना : कविप्रसाद प्याकुरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार १५।

नेपाल माता जननी तपाईँमा
अपार भक्ति रहँदा अतीतमा
नेपाली भई जन्मन पाउँदा अब
सर्वाङ्ग रोमाञ्चक गौरवान्वित ।।१।।

यो विश्वको पावन दिव्य देशमा
सर्वोच्च नेपाल सदैव शोभन
पशुपति, गोरखनाथ रक्षित
अतुलनीय र सदा सुरक्षित ।।२।।

यो राष्ट्रका साधक देशभक्तको
सदैव नै दुर्गति क्लेश मात्र भो
यी दुष्ट औ पामर आततायीले
यो दुर्गति दुर्नियति अति गरे ।।३।।

बजेट आए पनि अर्बखर्बको
प्रचण्ड, शेर्बादुर, खड्ग ओलीको
कौडी पनि अर्पण हुन्न देशमा
गद्दारकै शासन भो निरन्तर ।।४।।

भौँतारिएका जनता विदेशमा
नेता भने उन्नतिमै निरन्तर
यसमा परिवर्तन गर्ने प्रश्नमा
सदैव लागौँ जनता जनार्दन ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।