चियाको चर्चा परिचर्चा : राजेशमान के.सी.(लेख)

चियाको चर्चा परिचर्चा : राजेशमान के.सी.(लेख)

कपन अनलाइन

काठमाण्डौ,असार १५।

चिया आधुनिक समाजमा हाम्रो दैनिक जीवनपद्धतिकै एक अभिन्न अंग जस्तो बन्न पुगेको छ । सानोतिनो छलफलदेखि लिएर ठूलठूला सभा सेमिनार सम्ममा चियाले आप्mनो आधिपत्य जमाउने गरेको पाइन्छ । घरमा आउने पाहुना पासालाई यदि चिया खुवाउन सकिएन अथवा पाइएन भने त्यो स्वागत सत्कार नै एक किसिमले नून नपुगेको तरकारीजस्तो खल्लो बन्न पुग्दछ । कुनै कुनै पाहुना त अझ  ‘एक कप चिया पनि खाएर जा भनेन’ भनेर गुनासो नै व्यक्त गर्ने पनि हुन्छन् । त्यसै गरेर शरीरमा थकावटको महसूस हुँदा, आलस्य लाग्दा र निद्रा भगाउनु पर्दा मानिसहरु अक्सर चियाकै चाहना राख्दछन् भने कतिपय व्यक्तिहरु त चिया पिउन नपाए टाउको दुख्ने, जीउ भारी हुने र शरीरमा बेचैनीे हुने जस्तो धारण समेत व्यक्त गर्ने गर्छन् ।

जहाँसम्म चियाको फाइदा र बेफाइदा सम्बन्धी कुरा छ, सामान्यतया धेरै नपकाएको चिया दिनमा ३ वा ४ पटकसम्म पिउने गरेमा यसले शरीरलाई फाइदा नै गर्ने तर सो भन्दा बढी चिया पिएको खण्डमा यसले शरीरमा प्रतिकूल प्रभाव पार्न सक्ने कुरा सम्बन्धीत स्वास्थ्य विशेषज्ञहरु बताउने गर्दछन् । तर यहां चियाको फाइदा र बेफाइदा भन्दा पनि चियाको प्रचलन कहां र कसरी भयो भन्ने बारेमा नै छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।
चियाको उत्पत्ति सर्वप्रथम चीनमा आठौं शताव्दीताका भएको हो । अठारौँ शताव्दीको प्रारम्भतिर आएर यूरोप र अमेरिका जस्ता मुलुकहरुमा पनि चियाको खेती शुरु हुन थाल्यो । तर उत्पादनको तुलनामा माग अत्यधिक बढ्दै गएको हुंदा यी मुलुकहरुको लािग नपुग चियाको परिमाण चीनबाट आपूर्ति हुने गर्दथ्यो । अहिले पनि सबैभन्दा बढी चिया उत्पादन गर्ने मुलुक चीन नै मानिन्छ । चीनपछि भारत, श्रीलंका, वर्मा (म्यानमा) तथा अन्य दक्षिणपूर्वी एशीयाली मुलुकहरुमा पनि चियाको राम्रो उत्पादन हुने गर्दछ । नेपालमा पनि चिया खेतीलाई प्रोत्साहन दिने गरेको पाइन्छ र यसको लागि ‘नेपाल चिया तथा कफी विकास निगम’ नामक एउटा छुट्टै संस्था स्थापना पनि गरिएको छ । चिया उत्पादनको दृष्टिले नेपालको इलाम जिल्ला सबै भन्दा प्रसिद्ध स्थल मानिन्छ ।
चीनमा हरियो र कालो रंगको गरी जम्मा दुई प्रकारको चिया पिउने चलन छ । जस अनुसार हरियो रंगको चियालाई ‘मादा’ र कालो रंगको चियालाई ‘कोचा’ भन्ने गरिन्छ ।  त्यसैगरी चीनको स्वशाषित क्षेत्र तीब्बतमा चीया पत्तीमा नून र मक्खन मिसाएर बनाएको एक प्रकारको कांडा चियाको रुपमा पिउने चलन छ । जसको लागि बांसको लामो खोलमा उमालेको पानी खन्याई त्यसमा नून, चिया पत्ती र मक्खनको घोलबाट एक किसिमको चिया तयार पारिन्छ । यस्तो चिया तीव्वेतियनहरु काठको कचौचामा हालेर बढो स्वादले पिउने गर्दछन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा पनि दुई प्रकारको चिया पिउने चलन छ । एउटा गरम चिया ९धबचm तभब० र अर्को ठण्डा वा वरफ चिया ९अयमि तभब० । जुन क्रमशः सर्दी र गर्मी मौसममा पिउने गरिन्छ ।
नेपाल र भारत जस्ता मुलुकहरुमा भने प्रायः जसो उमालेको पानीमा आवश्यक मात्रामा चिया पत्ती, दूध र चीनी हालेको वा दूध विनाको चिया गिलास, मग वा कपमा हालेर पिउने चलन छ । इरानमा पनि यस्तै प्रकारको चिया पिउने गरिन्छ । तर उनीहरु चिया अक्सर चांदीको सानो कचौरामा हालेर पिउने गर्दछन् । कारण गीलासमा हालेर पिउंदा उनीहरु चिया कालो, गाढा र कडा भएको महसूुस गर्दछन् ।
रुसमा भने चिया लामो गिलासमा हालेर दिने चलन छ । त्यहां चियामा मह अथवा चीनी मिसाएर स्वादिष्ट पारिन्छ तर दूधको प्रयोग गरिंदैन । बरु दूधको सट्टा कहिलेकाही चियामा फलपूmलको रस वा मदिरा मिसाएर पिउने गरिन्छ । थाइल्याण्डका मानिसहरु चिया बढो प्रसन्न भएर पिउने गर्दछन् । उनीहरु चियालाई आप्mनो भाषामा  ‘म्याउ म्याउ’ भन्ने गर्दछन् । त्यहांका धेरैजसो मानिसहरु चियामा नून मिसाएर
पिउन रुचाउंछन् भने कोही कोही नूनको साथमा सुर्सानी पनि मिसाउने गर्दछन् ।
त्यसैगरी अरेवियन मुलुकहरुमा फेरि चिया पिउने प्रचलन आप्mनै प्रकारको छ । उनीहरु चियाको पानी उम्लनुभन्दा केही समय अगाडि भांडामा अलिकति थप अतिरिक्त पानी खन्याउंछन् । यसरी खन्याएको गिलासको चिया फेरि अर्को भांडामा राखिन्छ । दोस्रो पटक पनि त्यो चिया त्यत्तिकै उंचाईबाट खन्याइन्छ । यस्तो प्रक्रिया तीनपटकसम्म दोहर्याउने गरिन्छ । उनीहरुको भनाई अनुसार यसो गर्नुको अर्थ सबैजना एक आपसमा मित्र हुन् र कहिल्यै कसैले पनि एक अर्कोमाथि शंका वा अविश्वास प्रकट गर्नु हुंदैन ।
जापानीहरु त चिया बनाउनुलाई पनि एक किसिमको कलाको रुपमा लिन्छन् । उनीहरु चिया बनाउंदा एउटा गहिरो भांडोमा सानो बांसको चम्चाले हरियो चिया पत्ती हालेर त्यसमा गरम पानी खन्याउंछन् र बांसकै छडीले त्यसलाई राम्रोसंग घोटेर एक प्रकारको घोल तयार पार्दछन् । कुनै विशेष अवसरमा यस्तो घोल (चिया) मा छानिएको एक विशेष प्रकारको मिश्रण हाल्ने चलन पनि छ । चिया बनाउने सो विधिमा दुईदेखि तीनघण्टासम्म लाग्ने गर्दछ । चिया बिस्तारै बिस्तारै पिउनु जापानीहरुको शिष्टता मानिन्छ भने चिया पिउंदा उनीहरु आप्mनो रुची र सौन्दर्यताको प्रदर्शित पनि गर्ने गर्दछन् । झन् पाहुनाहरुले चियाको भांडोको कलात्मकताबारे केही प्रशंसा गरिदिने हो भने त जापानीहरु खुशीले त्यसै त्यसै मक्ख पर्ने गर्छन् ।
चिया सबैभन्दा बढी पिउने मुलुकको कीर्तिमान चाहीं बेलायतले कायम गरेको छ । एक सर्वेक्षणबाट थाहा भए अनुसार बेलायतमा एकजना व्यक्तिले एक वर्षमा कम्तीमा चार किलोग्रामसम्म चिया हजम पार्ने गर्दछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।