समयको गति : प्रार्थना खनाल जोशी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार १५।
सानेको भान्साले शान देखाउँदै भन्यो, ‘हेर् त, याँ कति मीठा परिकार बनेका छन्, तेरामा त सधैँ ति हुन् भात ।’
ठूलेको भान्साले प्रतिउत्तर दिंदै भन्यो, ‘हेर ! खान त संसारका सबै जीवले खान्छन् तर कुन भान्साको खानाको प्रभाव कस्लाई कति बढी पार्छ ? भविष्यले देखाउला, बुझिस् ।’
घरका जेठा बूढादाइका धेरै सन्तान थिए । आम्दानी कम भएकोले टार्न पु¥याउनै धौ धौ थियो । साने ठूलेदाइभन्दा १० बर्षले कान्छो, पढलेख
गर्न जानेको बाठो थियो । दुई सन्तानलाई लाडप्यारमा मीठोमसिनो खुवाउँदै हुर्काउँदै थियो । बाउसमानको दाजुसँग एउटै घरमा पनि भिन्न भान्सा गरेर ऊ बसेको थियो ।
दाइको परिवारमा ‘झुपडीमा सुन फलाउन सकिन्छ’ भन्ने भनाइ चरितार्थ हुँदै सन्तानले लोकसेवा लडी ठूलाठूला पदमा पुगे । उता भाइको घरमा मीठो खाएर सुखमा हुर्केका सन्तान कुलतमा फँसी जीवन खरानी बनाएको देखेर दाइले भाइलाइ भने, ‘देखिस् त, समयको गतिले ति हुन भात र मीठा व्यञ्जनको प्रभाव ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।