प्रति छाँया : लक्ष्मण ज्ञवाली (लघुकथा)     

प्रति छाँया : लक्ष्मण ज्ञवाली (लघुकथा)     
 कपन अनलाइनकाठमाण्डौ,असार १५।

‘कता जाँदैछस हँ चतुर ?’ पछाडिबाट कसैले सोधेजस्तो लाग्यो, उसलाई ।

जूनको टहटह उज्यालोमा पछिल्तिर फर्केर हेर्यो तर कसैलाई देखेन । ‘यस्तो मध्यरातमा कतै भूत पो हो कि ?’ एक मनले यस्तो शङ्का ग¥यो ।
‘जीवनदेखि वाक्क दिक्क भएर  नफर्किने यात्रामा हिडेको मान्छेलाई भूतको के डर ! त्यही गंगा किनार सम्म त हो ।’ दोश्रो मन फेरि बोल्यो ।
‘धत् लाछी, कायर तँ त !   जहाँ जान लागेको छस्, मैले थाहा
पाइसकेँ । तेरी अप्सराजस्तीश्रीमती, बामे सर्दै गरेकी छोरी, डाँडा माथिका जून जस्ता बा आमालाई अलपत्र पारेर हिड्दैछस् ?’ परिस्थितिले झपार्यो ।
‘हात खुट्टा सग्लै भएरपनि भाग्न खोज्दैछस् नामर्द कहीँका !’ जिम्मेवारीले थेंचार्यो ।
सुरिएर अनन्त यात्रामा निस्कन चाहेको ऊ, कर्कलो गलेझै फतक्कै भयो । आत्मग्लानीले लुछुप्पै भिज्यो ।  बिकारहरू बाहिरिए ।उसको मन मष्तिस्कमा सकारात्मक तरङ्गहरू पैदा भए र पाइलाहरू घरतर्फ मोडिए । ऊ बौरियो र थाहा पायो, ‘मलाई हरदम पछ्याई रहने दुखसुखका अगणित छायाँ मेरै पो रहेछन् कि  त !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।