झरीमा.. : तिलक पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार ८।
झरीमा
रूँदै गरेको गगन
रूदै गरेको मेरो मन
र उनीसँगबोलेका बचन
चट्याङ जस्तै मनमा झल्कीन्छ
यस्तो मौसममा….
उनको मुहार हेर्दै
तितो कफीमा
चाहनाहरू चोप्दै
उनको ओठ हेर्दै
मायाको रङ चढाउँदै
उनको कलिलाहातहेर्दै
मेरो जीउ सरङ सरङ बनाउँदै
रहर थियो, अवसरको
भर थियो
तर दैवसंयोग
आकाशपखालिँदा
सपनाको किनार बगाई दियो….
झरीमा….
थरीथरीकाआँसुहरू
खलबली रहेका छन्
उनको नयनको स्मृतिमा
धड्कनको ध्वनी नै
बद्लीए जस्तो लाग्छ मलाई
उनको अँगालोको स्मृतिमा
यीगालाँकाँपेका छन्
उनको गुलाबीओठको स्मृतिमा…..
वर्षाको हिलोलाई देख्दा
मन नै गिलो भएको चालपाएँ
अनगिन्तीयादहरूको तालपाएँ
बेसहारा कठैबरा आफ्नो हालपाएँ
उनलाई सम्झि हेर्ने कविताको झ्यालपाएँ
तर ………
पानीकाथोपासँगै
आएको हुरीले
पानीलाई मट्टीमा
सजीलै स्पर्श गर्न कहाँ दिन्छ
बगाइदियो …..
रूख बिरूवाहरू बगाइदियो
मिलनका घडीहरू बगाइदियो
सपनाका घरहरू…..
झरी……
चिसो मौसममा
तितो यादको कविता
नबना
हिलोमा वेदनाको किलो नहाल
मेरा चाहनाहरूको बाढी नबना
मेरा आँसुहरूको नदीनबना…..
झरीले सुनेन ….
चट्याङसँग सौतालिंदै
म राम उ रावण
म कृष्ण उ कंश
म सुघ्रीव ऊ बाली
र म अर्जुन ऊ दुर्योधनझैँ
विपक्षीको रूपमा बसेर
मलाई हेरी रहेको छ
मेरो पुकार पखाल्दै छ
मेरो प्यासमागिल्लि उडाउँडाउँदैछ
तर झरी…….
सम्झना प्रेमिकाहरूको वरदानहो
जसले माया बढाउनमा मदत गर्छ
सम्झेर तड्पनु त प्रेमिकाहरूको निम्ति
अवसर हो
जस्लो मिनेट मिनेटको पुराना स्मृतीहरूलाई अमृत पिलाउँछ
सम्झना त माया गर्नेहरूको निम्ति एक सुनौलो अवसर हो
जसमाआफ्नाकलिलाबिम्बहरूको विरूवामा मोल हाल्न सक्छ वस्….;
हे झरी…. तेरो यस्तो घनघोर क्रियाकलाप
एकदिनउनिसँग सँगै पिउने कफीमामिसाउँला
उनको कोमलकाँध
जीवनबिसाउँला
यो मनकाज्वालाहरू
उनको मुहार हेर्दै चिसाउँला तर …..
त्यो पछिको कुरा हो ..
आज तेरो धर्तीको आगमनले उनको साथ.,
हात र पिरतिको मात चढेको छ,
चढाएको छ .. चढ्दैछ…
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक