नेकपा एमाले काठमाण्डौको उपाध्यक्षमा विदुर विक्रम खड्काको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौको उपाध्यक्षमा विदुर विक्रम खड्काको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २८।

नेकपा एमाले काठमाण्डौको उपाध्यक्षमा विदुर विक्रम खड्काले  उम्मेद्वारी दिएका छन। काठमाण्डौ जिल्लाको एमाले राजनीतिमा दशकौ देखि सक्रिय रहदै आएका खड्काले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।

तिसको दशक देखि बामपन्थी राजनीतिमा सक्रिय रहेका खड्का लामो समयदेखी जिल्ला कमिटी सदस्य रहदै कार्यालय सचिवको समेत जिम्मेवारी बहन गरेका नेता हुन्।

यसअघि जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक समेत रहेका खड्का संगै उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली ,नवराज भट्टले पनि उम्मेद्वारी दर्ता गराएका छन।

तपाइँको प्रतिक्रिया ।