बुढानीलकण्ठ शैक्षिक मञ्चको आयोजनामा समाचार लेखन कार्यशाला सम्पन्न

बुढानीलकण्ठ शैक्षिक मञ्चको आयोजनामा समाचार लेखन कार्यशाला सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ २४।

बुढानीलकण्ठ शैक्षिक मंचको आयोजना तथा  कपन अनलाइनको सहकार्यमा शैक्षिक मञ्चको आयोजना र समाचार लेखन कार्यशाला सम्पन्न भएको छ।

नगरपालिका वडा नं  ८ मा रहेको नगरपालिकाको भवनमा भएको सो कार्यक्रममा  नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो  बुढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका ५० विद्यालयका ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यशालाको समापनमा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती की संयोजक शान्ता ढकाल ,प्याव्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ, पेट्सान बुढानिलकण्ठका अध्यक्ष पुष्प अधिकारी,अपेन बुढानिलकण्ठका कार्यबाहक अध्यक्ष बिनोद थापा, प्याव्सन बुढानिलकण्ठका सचिव टिका गौतम सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

संचारकर्मी हरेराम भेटवाल र सिता अर्चना पौडेलले  विद्यार्थीहरूलाई पत्रकारिताको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदानको सो कार्यशाला समापन कार्यक्रमको संचालन मंचका निवर्तमान सचिव प्रदिप कट्टेलले गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।