पार्टी एकताकोलागी अध्यक्षले पद त्याग्नु हुन्छ, तर प्रधानमन्त्रीको विषयमा कुनै सम्झौता हुँदैनः गजुरेल

आइतवार, २०६९ जेष्ठ २१ गतेसंविधानसभा फेरि ब्यूताएर संविधान जारी गर्नु पर्छः काग्रेस नेता श्रेष्ठ        ,
काठमाडौ, २१ जेठ । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टी एकताकोलागी अध्यक्ष प्रचण्ड पद त्याग गर्न तयार रहे पर्नि प्रधानमन्त्रीको विषयमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा गजुरेलले प्रधानमन्त्रीलाई हटाउन नसकिने भन्दै सो विषयमा पार्टीको केन्द्रीय समितिको बैठकमा कुनै पनि छलफल हुन नसक्ने दावी गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले – प्रधानमन्त्री हटाउने विषयमा केन्द्रीय समितिमा छलफल हुन सक्दैन । यो जायज माग होईन । प्रधानमन्त्रीलाई कसैले हटाउन सक्दैन । पार्टी एकताको लागी आवश्यक परे प्रचण्ड पद त्याग गरेर किरणजीलाई अध्यक्ष बनाउन तयार हुनु हुन्छ ।
संविधानसभा नभएको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीमात्र बैद्यानिक भएको भन्दै गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार निर्माण गरेर निर्वाचन गर्नुको विकल्प नभएको दावी गरे ।
काग्रेस र एमालेसहितका दलहरुलाई पनि सरकारमा सहभागी हुन आब्हान गर्दै उनले सरकारमा नआई आन्दोलनमा गए मुलुक गंभिर संकटमा फस्ने चेतावनी दिए ।
उनले प्रधानमन्त्रीले सहमतिको सरकार निर्माणलागी पहल सुरु गरिसकेकोले छिट्टै उहाँकै नेतृत्वमा सहमतिको सरकार निर्माण हुने दावी पनि साक्षात्कारमा गरे ।
मुलुकमा सहमतिको राजिनामाको विकल्प नरहेको उल्लेख गर्दै उनले मुलुकलाई संबैधानिक संकटबाट बचाउन नै प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्नु परेको बताए  । यद्यपि उनले निर्वाचनको मिति भने सहमतिमा फेर बदल हुन सक्ने धारणा राखे ।
अध्यक्ष र प्रधानमन्त्री पद मागेर बैद्य पक्षले पदकै लागी बखेडा झिकेको पुष्टि भएको दावी गर्दै बैद्य पक्षले संघीयता विरोधी पक्षसँग साठगाठ गरेर नेतृत्वलाई असहयोग गरेर संविधानसभाबाट संविधान आउन नदिन भूमिका खेलेको आरोप पनि लगाए ।
अध्यक्ष प्रचण्ड र माओवादी पार्टी एक अर्काका प्रयाय रहेको दावी गर्दै गजुरेलले प्रचण्ड विनाको माओवादी सम्भव नरहेको बताए ।
उनले भने–किरणजीलाई तत्कालकोलागी अध्यक्ष बनाएर राष्ट्रिय सम्मेलनपछि फेरि प्रचण्डनै अध्यक्ष बन्नु हुन्छ । अध्यक्षको राजिनामा बैद्यजीको अन्तिम अस्त्र हो । शान्ति र संविधानकै लागी भए पार्टीको लाईन पनि एउटै भए पछि के कोलागी विद्रोह गर्ने मैले बुझ्न सकेको छैन ।
साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य गोपाल मान श्रेष्ठले संविधानसभा ब्यूताएर संविधान जारी गर्नु पर्ने काग्रेसको नयाँ धारणा सार्वजनिक गरे । उनले पार्टीको धारणा भन्दै संविधानसभा थोरै समयकोलागी ब्यूताएर संविधान संसोधन गरेर आयोगबाट संविधान निर्माण गरी जमतसंग्रहबाट संविधान अनुमोदन गराउनु पर्ने धारणा राखे ।
माओवादीलाई बैद्य पक्ष र विजयकुमार गच्छदारलाई शरदसिह भण्डारी पार्टीभित्र घाडो भएकोले संविधानसभा भंग गरेको आरोप लगाउँदै श्रेष्ठले असम्बैधानिक रुपमा संविधानसभा विघठन गर्ने प्रधानमन्त्रीलाई राष्ट्रपतिले दण्डित गर्नु पर्ने माग गरे ।
काग्रेसको नेतृत्वमा सहमतिको सरकार नबन्दासम्म मंसिर ७ गते निर्वाचन असम्भव रहेको ठोकुवा गर्दै उनले सहमतिमा फेरि १ वर्ष म्याद रहने संविधानसभा र ३ सय ७५ सभासद रहने गरी ब्यवस्थापिका संसदको निर्वाच गर्न सकिने बताए ।
उनले पाँच बुँदे सहमति अनुसार पनि निर्वाचन गराउने सरकारको नेतृत्व नेपाली काग्रेसले गर्नु पर्ने भन्दै प्रचण्ड र प्रधानमन्त्री स्वयमले काग्रेसको नेतृत्वको प्रस्ताव गर्नु पर्ने बताए । उनले भने–सहमति अनुसार पनि नगर्ने अनि  असम्बैधानिक रुपमा संविधान सभा विघठन गर्ने प्रधानमन्त्रीलाई पार्टी भित्र र बाहिरबाट विरोध भईरहँदा एक मिनेट पनि कुर्सीमा टासिएर बस्ने अधिकार छैन ।
उनले प्रधानमन्त्रीलाई आफ्नो नेतृत्वमा सहमतिको सरकार निर्माणकोलागी नेताहरुको घर घेर धाउनु भन्दा काग्रेसकोनेतृत्व स्विकार गर्न आग्रह गरे ।
साक्षात्कारमा संघीय सदभावना पार्टीका अध्यक्ष समेत रहेका उद्योग मन्त्री अनिल कुमार झाले प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा केही दिनमै सहमतिको सरकार बन्ने ठोकुवा गरे । उनले प्रधानमन्त्रीको राजिनामा कुनै पनि हालतमा नआउने स्पष्ट पार्दै राजिनामा दिए मुुलुकको अवस्था झनै खराव हुने चेतावनी दिए ।
प्रधानमन्त्री आफै कामचलाउन भईसकेकोले राजिनामा माग्नुको कुनै औचित्य भएको उनले स्पष्ट पारे ।
संविधानसभा विघठनको दोषि माओवादी, काग्रेस, एमाले र मधेसी मोर्चा भएको भन्दै त्यसको दोष आफूहरुले दिन नसक्ने बताए ।
साक्षात्कारमा नेकपा मालेका महासचिव सीपी मैनालीले  आफूहरुको आन्दोलनले नै प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताच्यूत गर्ने दावी गरे ।
काग्रेस र एमालेललाई झुक्याएर प्रधानमन्त्रीले असम्बैधानिक रुपमा निर्वाचनको घोषणा गरेको दावी गर्दै प्रधानमन्त्री आफैले राष्ट्रपतिकोमा गएर संविधानको धारा ३८ को १ बमोजिम सहमतिको सरकार गठनको प्रकृया सुरु गर्न आग्रह गर्नु पर्ने बताए ।
चुनावी सरकार काग्रेसको नेतृत्वमा हुने सहमति पहिला नै भईसकेकोले काग्रेसको नेतृत्वमा सरकार निर्माण नभई निर्वाचन हुनै नसक्ने मैनालीले स्पष्ट पारे ।
उनले बाहिरी शक्तीले मोर्चा र माओवादीलाई एक ठाँउमा ल्याएको भन्दै त्यही शक्तिको भरमा भट्टराई नेतृत्वकै सरकार सहमतिमा बदलिन्छ भन्नु दिवास्वपन भएको बताए ।

तपाइँको प्रतिक्रिया ।