महिला हरू भन्छन् नियोजित रुपमा संविधानसभा विघटन गरेको हो

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईको बहिरगमन तथा जातीय सद्भाव कायम गर्न आह्वान गर्दै नेपाल महिला संघले आज राजधानीमा धर्ना तथा कोणसभा गरेको छ ।

नयाँ बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल महिला संघकी अध्यक्ष डा.डिला संग्रौलाले प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व नियोजित षड्यन्त्रका साथ संविधानसभालाई विघटन गरेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘प्रधानमन्त्री बाबुराम भट्टराई संविधानसभाको हत्यारा हुन् ।’

संविधानसभाको विघटन विरुद्ध कांग्रेसलगायत सबै भातृ तथा भगिनी संस्थाहरु एक ढिक्का भएर अगाडि बढ्ने बताईन् ।

महिला संघकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले प्रधानमन्त्रीद्वारा संविधान सभाको नयाँ निर्वाचन घोषणा गर्ने निर्णय असंवैधानिक रहेको भन्दै फिर्ता गर्न माग गरेकी छन् । उनले भनिन्, ‘एमाओवादीले सत्ताकब्जाको रणनीति अनुसार सरकार मार्फत संविधानसभा विघटन गरिको हो ।’
कोणसभामा ट्रेडयुनियन कांग्रेसकी रीता खनाल, महिला संघकी केन्द्रीय सदस्य रीता शाही, नेविसंघकी उषा सिवाकोटी, विष्णु पुडासैनी, गोमा पाण्डे, लक्ष्मी खतिवडा लगायतले संविधानसभा विघटन गर्ने एमाओवादी रणनीतिको चर्को विरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।