कपन साहित्य समाजको काम प्रति बुढानिलकण्ठका प्रमुख मिठाराम अधिकारीको असहमति………

कपन साहित्य समाजको काम प्रति बुढानिलकण्ठका प्रमुख मिठाराम अधिकारीको असहमति………

कपन अनलाइन

काठमाण्डौ,बैशाख ८।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले कपन साहित्य समाजको काम प्रति असन्तुस्टी र असहमति जनाएका छन।

बैशाख ८ गते साहित्य समाजको भवनमा आयोजित कविता क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले समयको पालना नगरेको भन्दै असन्तुस्टी व्यक्त गरेका हुन्।

नयाँ वर्ष भन्दा अगाडी वा पहिलो दिन प्रकासन हुनुपर्ने भित्तेपात्रो ८ गते मात्र विमोचन गरिएको भन्दै समाजका पुर्व अध्यक्ष समेत रहेका अधिकारीले अर्को वर्ष देखि समयमा नै क्यालेन्डर प्रकासन गर्न आग्रह समेत गरेका थिए।

२०६१ साल देखि समाजले नियमित रुपमा प्रकासन गर्दै आएको क्यालेन्डर नयाँ वर्ष सुरु भएको ८ दिन पछि विमोचन भएकोमा असहमति ब्यक्त गर्दै उनले समय पालनमा ध्यान दिनका लागि आयोजकलाई सचेत समेत बनाएका थिए।

कपन साहित्य समाज भौतिक पूर्वाधार सम्पन्न भएर मनग्य आर्थिक श्रोत हुँदा समेत सोचे अनुसार साहित्यिक गतिविधि नभएको भन्दै प्रमुख अधिकारीले नियमित केहि बाहेक फरक र रचनात्मक काममा जोड दिन समेत अनुरोध गरेका थिए।

कपन साहित्य समाजका अध्यक्ष गणेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार शैलेन्दु प्रकाश नेपाल,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, राससका नायब महाप्रवन्धक श्याम रिमाललगायतको उपस्थिति रहेको थियो।

संस्थाका सचिव त्रिलोचन आचार्यले कविता सहित स्वागत गरिएको उक्त कार्यक्रममा नयाँ वर्ष २०८१ सालको शुभकामना ज्ञापन गर्नुका साथै प्रकासित कविताहरु माथि समिक्षा पनि प्रदान गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।