ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ,बैशाख ९ ।

ई स्पोर्ट्स संघ नेपालले ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षसँग शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबार सरोकारवाला सबै पक्षलाई बोलाएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने क्लब, खेलाडी, अभिभावक, गेमिङ कम्पनी र ईभेन्ट व्यवस्थापन गर्ने कम्पनीका प्रतिनिधि सहभागि थिए । कार्यक्रममा सहभागि प्रतिनिधिहरुले ब्यवस्थित रुपमा ई स्पोर्ट्सका नियमित प्रतियोगिता हुनुपर्नेमा जोड दिदै खेलाडीलाई खेल्ने वातावरण बनाउन सुझाव दिएका थिए ।
डिआरएस गेमिङका म्यानेजर संगिन भट्टराईले नयाँ बनेको संघले खेलाडी खेल्ने वातावरण बढाउनुपर्ने बताए । उनले नयाँ खेलको रुपमा ई स्पोर्ट्समा धेरै समस्या ब्यहोर्नु परिरहेको उल्लेख गर्दै खेलको वातावरणलाई सहज बनाउन संघले पहल गर्नुपर्ने उल्लेख गरे ।
ई स्पोर्ट्स खेलाडी भविष्य ढकालले खेलाडीको आम्दानीको स्रोत बढाउन धेरै भन्दा धेरै प्रतियोगिता आयोजना हुनुपर्ने बताए । उनले खेलाडी सरुवालाई व्यवस्थित बनाउन आवश्यक रहेको औल्याएका थिए ।
सहभागी प्रतिनिधिहरुले नीजि क्षेत्रको लगानीमा अहिलेसम्म ई स्पोर्ट्सले सफलता हासिल गर्न सकिएको बताउँदै अब राज्यको तहबाट लगानी बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा संघको आगामी कार्ययोजना, वार्षिक क्यालेन्डर, नीति र पूर्वाधार निर्माणमा गरिएका पहल र सरकारसँग नीति तथा बजेट निर्माणमा भैरहेको सहजीकरणका बारेमा जानकारी गराईएको थियो ।
संघका अध्यक्ष अन्जन धमलाले कुनैपनि खेलको आधार भनेकै खेलाडीहरु रहने उल्लेख गर्दै सबैसंग सहकार्य गरेर ई स्पोर्ट्सको विकासमा आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । उनले आफुहरु राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको उल्लेख गर्दै सहभागी प्रतिनिधिसँग सुझावलाई कार्यान्वयन गर्दै अघि बढिने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।