कपन साहित्य समाजको कविता क्यालेन्डर विमोचन

कपन साहित्य समाजको कविता क्यालेन्डर विमोचन

कपन अनलाइन

काठमाण्डौ,बैशाख ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन साहित्य समाजले प्रकासन गरेको कविता क्यालेन्डर -२०८१ विमोचन गरिएको छ। साहित्य समाजको भवनमा आयोजना गरिएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सो कविता क्यालेन्डर विमोचन गरेका थिए।

कपन साहित्य समाजका अध्यक्ष गणेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार शैलेन्दु प्रकाश नेपाल, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, राससका नायब महाप्रवन्धक श्याम रिमाललगायतको उपस्थिति रहेको थियो।

संस्थाका सचिव त्रिलोचन आचार्यले कविता सहित स्वागत गरिएको उक्त कार्यक्रममा नयाँ वर्ष २०८१ सालको शुभकामना ज्ञापन गर्नुका साथै प्रकासित कविताहरु माथि समिक्षा पनि प्रदान गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।