आँशु हराएको झोला : तिलक पोखरेल (कथा)

आँशु हराएको झोला : तिलक पोखरेल (कथा)

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

शरणार्थीको एक कुनामा बसिरहेको पनि एक वर्ष भन्दा धेरै समय भइसक्यो। घर कता छ ? कस्तो छ ? कुन स्थितिमा छ अत्तो पत्तो नै छैन । मानौँ खोज्ने परिस्थिति नै छैन। बाबा भन्नुहुन्छ जबसम्म ज्यान रहन्छ तबसम्म घर रहन्छ पीर नगर । तर मेरो बचपनले लोतपोत त्यो आँगन, म पछाडिएको त्यो आँपको रुख, म लुक्ने त्यो तुलसीको मठ कसरी रहला र । दिनप्रतिदिन गोली र बारुदको वर्षाले रुझेको त्यो भूमिको भाग कसरी शुद्ध रहला र। यो कुरा गर्दा सानो मान्छे भएर त्यस्तो कुरा सोच्न पर्दैन । बाबाले भन्नु भयो । विचारको पनि सीमा हुँदो रहेछ । अभावमा धेरै ज्ञान मिल्दो रहेछ ।

स्वयं सेवकहरुलाई धन्यवाद दिन त चाहन्छु म । यो शरणार्थीको कुनाको कुनामा पनि एउटा पाठशाला निर्माण गरेर जान्नेले जान्ने जति सिकाउँथे र भाग्नेले भाग्ने तरिका। यो पाठशाला मात्र अक्षर र वाक्यको सम्मिश्रणका लागि मात्र नभएर जिन्दगी जोगाउने एक मन्दिरको रुपमा पनि स्थापिन भइसकेको थियो । हामीलाई समयमा लुक्ने र समयमा झुक्ने पनि सिकाइन्छ यहाँ। गाउँको स्कुलमा त राइला मामाका छोरा, साइला काकाको छोरी, लिलबहादुरको भाञ्जा, कुलदिप लिम्बुको भतिज यसरी सबैको बेक्ग्राउन्डसँगै परिचय थियो । तर यो स्कुलमा सबै अन्जान भएर पनि परिवारभन्दा नजिक ।
सुत्दा पनि धर्तीसँग नजिकै भएर सुत्न पाउने । नदिदाउँदा आकाशसँग नजिक भएर ताराहरुसँग बोल्ने मौका, वर्षाको आगमनलाई पनि खुसिले स्वीकार गर्नुपर्ने अवसर त हुरीको झड्कामा पनि हाँस्ने प्रयत्न सबै सिकाउँछ यो स्कुलले यो स्कुल साधारण स्कुल भन्दा पनि महत्वपूर्ण लाग्न थालेको थियो मलाई ।
अर्को यो स्कुलको विशेषता के छ भने यहाँ आज पढाएको पाठ र भोली पढाउने पाठको कुनै निधो हुँदैन । त्यतिमात्र हैन आज स्कुल खुल्ला छ त भोली बन्द पनि हुनसक्छ, अहिले स्कुल लाग्दैछ त केहीक्षणमा स्कुल बन्द पनि हुनसक्छ । कस्तो विचित्र स्कुल। नियम छ तर त्यो नियम कतिखेर बिलाएर जान्छ ज्ञात नै हुँदैन । पहिला गणनाको गुरुमा आउनुहुन्थ्यो, अनि अङ्ग्रेजीको मास्टर, अनि भूविभागको त कहिले विज्ञानको सबै तालिका बमोजिम जान्थ्यो तर यो मेरो नयाँ पाठशालामा छैन त्यस्तो । यहाँ पढ्ने कसरी र बाँच्ने कसरी यो सिकाइन्छ धेरै, बाबाले त म सानै छु भन्नुहुन्थ्यो कहिलेकाहीँ बम विस्फोट भएको आवाज पनि म डराउन छोडेँ । कुनै रात गोलीहरुले आकाशमा स्वतन्त्र कुदिरहँदा रहँदै रोकिएको आभास भए निद्रा लाग्दैनथ्यो । लाग्छ यो परिस्थिति नै मेरा साथि बनिसकेका थिए । यी डर नै मेरा मित्र । यहाँ पनि मैले मदन र हरिलाई मित्र बनाइसकेको थिएँ । उनिहरु म भन्दा थोरै उमेरमा जेठा भएपनि जीउमा म नै जेठो देखिन्थेँ । पढाइ कक्षा अनुकुल उनिहरु मभन्दा कक्षा ठूलो भएपनि बाबाले दिएको निर्देशनमा लाग्ने म उनिहरु भन्दा जेन्रेल नलेजमा अगाडिनै थिएँ । त्यसैले हामी एकआपसमा आदना प्रदान गर्दै नजिक भएका थियौँ । सँगै कुद्ने र सँगै खेल्ने साथी बनिसकेका थियौँ ।
हिजो गुरुमाले होमवर्क दिनुभएको थियो । नेपाली भाषाको। म पढ्दै थिएँ । महाभारतको एक  अंश। जहाँ दुर्योधन र युधिष्ठिर राज्यधिकारको बारेमा तर्क उठेको। राज्य के हुन्छ र अधिकार के हुन्छ मलाई थाहा छैन। वास्तवमै थाहा छैन । मलाई ती पुस्तकका चित्रहरु मन पर्छ । दुर्योधनको फेसन अलग त युधिष्ठिरको अलग तर उनिहरु दाजुभाइ थिए । दाजुभाइमा झगडा भइरहन्छ भन्नुहुन्थ्यो बुवाले। मलाई कहिले पनि चित्त बुभ्mदो उत्तर मिल्ने थिएन । उमेर पनि तगारो हुँदो रहेछ ।
आज बर्मादेशमा भइरहेको झगडा को को बीच भएको हो भन्दा चुप लाग तँ । गोलीबाट तर्किन सिक पहिला । हिँड्दा बाटामा हेरेर हिँड्नु, विपक्षीले राखेको माइन् हुनसक्छ । कुल्चेछस् भने तेरो लासको पनि ठेगान हुँदैन अहिले ध्यान त्यतामात्र दे। यो आमाको बचन थियो । बोलीमा स्नेह भए पनि चिन्ताले धमिलिएर होला आमाको अनुहार उज्यालो भने पक्कै थिएन ।
उज्यालोको प्रसंग आउँदा यो शरणार्थी कक्षमा कहिँकतै उज्यालो देखेको छैन । मैलेमात्र नदेखेको हो कि भन्ठानेको कसैसँग पनि रहेनछ । मैले धेरैलाई सोधेँ पनि उनिहरु हाँसेका त थिए । तर ज्यालो बनिसकेकोे घिरौँलोमा के पो रस होला र। कक्षामा गुरुमाहरुले विविध कार्यव्रmमहरु लिएर आउनुहुन्थ्यो र हँसाउने प्रयास गर्नुहुन्थ्यो तर उनिहरुको ध्यान आकाशमा धेरै हुन्थ्यो विद्यार्थीमा भन्दा पनि । उनिहरुको आँखा पाठ्य पुस्तकमा त हुन्थ्यो तर मनका कान छ किलो दूरसम्म दौडिरहन्थ्यो । उनिहरुको स्वर कक्षाकोठाभित्र गुन्जिए पनि उनिहरुको प्रतिक्षा विद्यार्थीको उत्तरमा हैन सहसैनिकहरुले तैनाथ कतिबेला भन्छन् भन्ने प्रतिक्षामा थियो ।
यहाँ सबैभन्दा सुखको क्षण भनेको थैलाथैलामा लुगा आएर बाँट्ने दिन थियो । केही दिन थाइल्याण्डका मिठाइहरु पनि आउने गर्थे । लुगा पुराना जस्ता भएपनि नहेरेको चलचित्र बल्ल हेरे नयैँ भनेझैँ हामीलाई खुसिको क्षण नै हुन्थ्यो । बजार कता छ ? पसल कता छ, खेल्ने मैदान कता छ केही पत्तो नभएको यो घना जंगलमा हामीलाई यस्तो पलआउनु सुखको क्षण नै हो । म त यसरी नै मान्छु क्यार ।
स्कुलको कोठा पनि कसरी भनौँ भित्ता डरको थियो त छानो पीडाको । सबैको मन मुटुमा परिवर्तनले ढाकिएपछि भविष्यको श्रृखङ्लामा रङ्गीन नहुने कुरै भएन । तर त्यो भविष्य कता छ ? के गर्दैछ, कुन हालतमा छ ? यी छाक पनि पुरा खान नपाउने हामी बालकहरुको खल्तीमा निश्छल मुस्कान कहिले लिएर आउँछ ? थाहा छैन । हामीले पढ्दै गरेको पुस्तकमा सबैले खोजेको विजय वा शान्ति कहिले लेखिन्छ निर्धक्कको रुपमा त्यो पनि थाहा छैन । र पनि हामी झोला बोकेरै हिँडेका छौँ । बाबाले स्कुल जा त भन्नुहुन्थ्यो तर उहाँको आँखामा भरिएका सुर्ताका अँध्यारोहरु कहिले हराउला मलाई थाहा छैन। आमाले राम्ररी जा है त भन्नुभयो तर काँपीरहेको आमाको मन र थर्किरहेका आमाको आवजमा म के भविष्य खोज्न हिँड्दैछु स्कुल त्यो पनि मलाई थाहा छैन। र पनि म त्यो स्कुल जाँदैछु । त्यो मन्दिर जाँदैछु जहाँ मलाई केही समयको लागि राहत मिल्छ, बाबाको त्यो गोरो अनुहारको कालो पर्दाबाट एकछिन् तर्किन सक्छु, आमाको त्यो हँसिलो आकारको अनुहारमा पिरौलो बादलबाट एकछिन पन्छिन सक्छु । हो म स्कुल जाँदैछु । मदन र हरिपनि आइपुगे तयार भएर । लौन जाउँ भन्दै ।
आज स्कुल नपुग्दै आँगनमा गुरुमाले छिटो घुस छिटो घुस भन्नु भो । हामी आत्तीयौँ, आत्तिनु हाम्रो बानी परिसक्यो, कोही त्रसित भए त्रसित हुनु हाम्रो निजी कर्म भइसक्यो, हामी अतालियौँ अतालिनु हाम्रो धर्म भइसक्यो, तर यस पटक कुरो नमिलेको आभास छ, मानौँ गाउँकै पण्डितको कथा वाचनमा नआत्ति गएको र कुनै चर्चित कथावाचकको उपस्थितिमा ठाउँको लालचमा घचेटिदैँ अगाडि पुगेजस्तो तँछाड मछाडको रुपमा स्कुलभित्र पस्यौँ ।
केही बेरपछि आकाशमा विपक्षी सेनाको युद्धमा प्रयोग गरिने जहाजका आवाज धन्किए । गुरुआमाले भन्ने गर्नुहुन्थ्यो पिर लिनु पर्दैन बच्चालाई कसैले प्रहार गर्दैन, विश्वले हेरिरहेको छ । तर सतर्क रहनुमा कुनै गल्ति हुँदैँन । त्यसैले सुरक्षित रहनु पर्छ । यो शिक्षा अनुकुल हामी सुरक्षित रह्यौँ । केहीबेरमा ती आवाजका कुस्वरहरु बिलाएर गए र हामी आ–आप्mनो ठाउँमा जग्गा लियौँ र गुरुमाले पढाइ सुरु गर्नु भयो ।
कबाट व्रmान्ति र खबाट खरानी गबाट गाउँ र घबाट घर, घर भन्ने आवज सकिन पनि पाएको थिएन । अकास्मात बिस्फोटको आवाजले स्कुलको छानोमा ठूलो उज्यालो घुसेर आयो । घामले किरणसँगै ठूला ठूला बमहरु पनि लिएर आयो । गुरुमा आत्तिदैँ विद्यार्थीहरुलाई यता उता सुरक्षित ठाउँमा ओसार पोसार गर्न थाले। कताकताबाट हो मामाको उमेरकाहरु पनि आइ पुगेर कसैलाई बोकेर लगे कसैलाई हातसमाएर, कसैलाई आवाजले भाग, घोप्टो पर, लुग, रुख मुनि जाओ कस्ले के बोल्दैछ मैले राम्ररी पनि बुझिन । अचानक कसैले मलाई बोकेर लगेको मात्र थाहा पाएको थिएँ । संसार मौन रह्यो, मेरो आँखा अगाडि कालो बादलले छेक्यो, म बेहोस भएँ ।
जब होस आयो बाबा र आमाको अनुहारले मलाई छेकेको थियो । मैले पानी मागेर खाएँ र म जिउँदै भएको खुसियालीमा आमा रुन थाल्नुभयो । बाबा ढुक्क हुनुभयो । मलाई अचानक याद आयो के भयो भनेर । पानी खाएर वरपर हेर्न गएँ । सबै व्यस्त थिए । कसैले केही बोकिरहेका थिए । थैला पोका केही लुगाले छोपिएका, केही रगतको रङसँग मिल्ने रातो पोको बोकेका । अनि बाबालाई भनेँ बाबा मैले झोला भुलेर आएछु क्यार । म झोला लिन जान्छु हस् ? बाबाले केही भन्नु भएन अनुहार बिग्रियो । आमाले नजा भन्न नसके पनि जा पनि भन्न सक्नु भएन । मलाई के थाहा ।
म सरासर स्कुल गएँ । स्कुलमा कोही थिएन । स्कुल स्कुल जस्तो रहेको थिएन । केही टेबुलहरु लडेका थिए त केही कुर्सीहरु भाँचिएका थिए । हामीलाई भविष्य पढाउन तम्सेको ब्लाकबोर्ड आप्mनै भविष्य धर्तीमा पल्टेर खोजिरहेको थियो ।  म भित्र गएँ । टेबुलमा रहेको आप्mनो झोला भेटेँ । फर्किनै लाग्दा मदन र हरिको झोला पनि भेटेँ । उनिहरु पनि भाग्दा आप्mनो झोला लग्न विर्सेछन् क्यार । मैले ती झोलाहरु पनि बोकेँ । श्याम र रोशनको पनि भेटेँ । त्यहाँका झोला हाम्रो पुरानो स्कुलको झोलाजस्तो भारी थिएन । चार या पाँचजनाको झोला सहजै बोक्ने सकिन्थ्यो । बाटामा रोशनको क्याम्प देखेँ र बोलाएर दिएँ । रोशनलाई देखिन, उसको मामाले निस्केर लिनु भयो । श्यामको पनि यहि राखिजाऊ भन्नु भो मैले कुनै प्रश्न नगरि दिएँ ।
हरिको क्याम्पमा पुग्दा मदनको परिवारलाई पनि देखेँ । नमस्कार गरेँ । नमस्कार फर्किएन । मुस्कुराएर देखाएँ, त्यो पनि फर्किएन, शिर झुकाएँ तर उनिहरु पनि शिर झुकाएर आँसु झार्न थाले, मदनकी आमा भ्mयाम्मै मलाई अँगाले मारेर रुन थाल्नुभयो । मैले केही बुझिरहेको थिइन । तर मनले बुझेभैmँ गरेर आँसुहरु नयनको भ्mयालबाट खसालिदियो । केहीबेरपछि मदनका बाबा आउनु भयो र भन्नुभो बाबु तिमी घर जाऊ भन्दै उनकी श्रीमतीलाई जबर्जस्त तानेर घरभित्र लग्नुभयो । म पानी मागेर खाउँला भन्दै घरभित्र पस्न खोजेँ र मलाई रोकियो, बाबु तिमी घर जाऊ मात्र भने । कसैले यो झोलाको बारेमा सोधेनन्, मैले ती हलुका झोलालाई भारीमानेर बोकेर आप्mनो घर भनौँ या क्याम्पमा लगेँ। आमाले निरास हुँदै भन्नु भो । उनिहरुको झोलामात्र जिउँदो रहे छोरा उनिहरु रहेनन् भन्दै रुन थाल्नु भयो । कुरा खुलासा भयो । विपक्षीले हवाइजहाज माध्यम छरिएको बममा मेरा दुइमित्रको ज्यान गयो । उनिहरुले कल्पना गरेको भविष्यबारे लेखिएको यो झोला मसँग छोडेर गए । म अब यी झोलालाई कसरी सम्झाउँ । मेरो उमेर कसैलाई सम्झाउने उमेर हैन । म आपैmले बुभ्mन पर्यो, म झोलालाई टोलाएर हेरिरहेको थिएँ । आँखाबाट आँशु बगिरहेका थिए । मैले रोकिन । यदि यी झोलाको पीडा बुझ्न सक्ने भए उनिहरुको आँसुको भाषा बुभ्mन सक्थेँ होला । भो मलाई बुभ्mनु छैन । भोली नयाँ साथी आउछन्, नयाँ संघर्ष आउँछ । नयाँ चुनौती आउँछ, नयाँ स्कुल बन्छ । यो यस्तै हो । यस्तै चलिरहन्छ ।
लबाट लडाइँ, वबाट विस्फोट, शबाट शहिद, षबाट …………
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।