राजन र मिलन अगाडि

राजन र मिलन अगाडि

कपन अनलाइन

काठमाडौं , बैशाख १६।

नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना भइरहेको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्वी नेपाल झापा जिल्लाका राजन सुवेदी र काठमाडौको मिलन लामा ५ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा  अगाडि रहेका छन्। सुवेदी आयोजक क्लबवाट बुद्धिचाल खेल्दै ५ खेलमा ५ जित हासिल गरि नकआउट तर्फ अग्रसर भएका छन्। उनले ललितपुरका सोम आले माथि पिस अप हुँदै जित निकालेका हुन्।  मिलनले पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई पराजित गरेका थिए।        पुरुषोत्तम सिलवाल, फिडे मास्टर क्षितिज भन्डारी   ४.५ अंक पुर्याउन सफल भएका छन्।  पुरुषोत्तम र क्षितिजले पाँचौ चरणको खेलमा बराबरी खेलि अैक बाँडेका थिए। नेपाल च्याम्पियन रुपेश जैशवालले पाँचौ चरणक खेलमा ललितपुरका अशोक मोहन श्रेष्ठलाई पराजित गरेका थिए भने  चौथो  चरणको खेलमा बद्रिलाल नेपालीसंग पराजय भोगे। राहुल चौ  चौप्रधान र भक्तपुरका निकेन कुसाथा बिचको खेल बराबरी भएको छ। त्यसैगरी मखन चेस क्लब काठमाडौंका सिताराम अग्रवाल र काठमाडौ चेस क्लबका प्रेम कृष्ण महर्जनको खेल पनि बराबर हुन पुगेका छन्। रुपेशर केशव श्रेष्ठ  संगै उनीहरुले पनि ४ अंक बनाएर सेमिफाइनल खेल्ने सम्भावना देखाएका छन्।

भर्खर मात्र युवा १६ को राष्ट्रिय उपाधि पाएका पुरुषोत्तम सिलवालले कालोगोटी वाट खेल्दै क्षितिज भण्डारी संग प्रतिस्पर्धा गरिरहेका छन्। सातौं संस्करणको पूर्व विजेता मिलन लामा र पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली बिच कडा मुकाबला चलिरहेको छ। अर्को वोर्डमा आठौं संस्करणको पूर्व विजेता केशब श्रेष्ठ र रुकुम जिल्लाका मिलन रोका बिच पनि भिडन्त भइरहेको छ।

महिला खेलाडी तर्फ सिन्दिरा जोशी र शान्ति धिमाल समान अंकमा फरक प्रतिद्वन्द्वी संग प्रतिस्पर्धा गरिरहेका छन्। सिन्दिराले दोश्रो चरणको खेलमा भेट्रान १९०८ उच्च रेटेड जनार्दन श्रेष्ठलाई पराजित गरि अप्रत्याशित नतिजा निकाल्न सफल भएकी थिइन। उनी अहिले युवा सुभम न्यौपाने संग खेलिरहेकी छिन्। शान्ति धिमाल भने भक्तपुरका हर्क बहादुर चोङ्वाङ संग प्रतिस्पर्धामा छिन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको गणेशमान सिंह स्मृति चेस खेलका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी मध्येका विजेताले नगद रु. २ लाख ५४ हजार ९ सय बराबरको यामाहा सलुटो मोटर साइकल हात पार्ने जानकारी गराएका छन्। जस मध्ये ४० जना खेलाडीले कूल पुरस्कार नगद रू. ६ लाख ३७ हजार ४ सय पाउने छन्।

प्रतियोगिताका निर्णायक सोराज ताम्राकारले भोलि हुने दुई चरणको लिग खेल पश्चात् माथिल्लो ४ जना खेलाडीहरु लाई सेमिफाइनल खेलाइने जानकारी गराएका छन्। उनका अनुसार नकआउटमा एकपटक सेतो र अर्कोपटक कालो गरि दुई खेल वाट फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गराइनेछ।

आज भएको पहिलो चरणको खेल बागमती प्रदेशका महिला सभाषद मा.उर्मिला केसि नेपाल र मा. शान्ता ढकालले शुभारम्भ गरेका थए भने दोश्रो खेल दोलखाका मा. कुन्दन राज काफ्ले र काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले आरम्भ गरेको थियो। भोलि लिग तर्फको पहिलो खेल बिहान ९ बजे र दोश्रो खेल २ बजे शुरु हुनेछ।

तपाइँको प्रतिक्रिया ।