नेकपा एमाले बुढानिलकण्ठको अधिवेसन स्थगित,के थियो कारण ?

नेकपा एमाले बुढानिलकण्ठको अधिवेसन स्थगित,के थियो कारण ?

कपन अनलाइन

काठमाण्डौ,चैत १८।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो नगर अधिवेसन स्थगित भएको छ। चैत १७ गते भएको नगर अधिवेसनको बन्द सत्र २० गते हुनेगरी स्थगित भएको छ।

नगर कमिटीमा रहने पदाधिकारी बाहेक अन्य पदमा सर्वसम्मति भए संगै निर्वाचन प्रक्रिया अगाडी स्थगित गरिएको छ। अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उपसचिव पदमा धेरै जनाको उम्मेद्वारी परेपछि सहमतिका लागि अधिवेसन सारिएको अध्यक्ष मण्डलले जानकारी दिएको छ।

यस पटकको अधिवेसनमा नेकपा एमाले बुढानिलकण्ठले युवा प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको छ भने सर्वसम्मतिलाई जोड दिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदानमा भएको उद्घाटन सत्रमा व्यापक उपस्थिति रहेको थियो।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा कमिटीका अध्यक्ष प्रदिप डंगोलको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई,पोलिटब्युरो सदस्य कृष्ण राई ,धर्मदत्त देवकोटा, केन्द्रीय सदस्य तथा नगर इन्चार्ज सरिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।