अफसोच :राहूल पुष्प (कलकत्ता, भारत)                 

अफसोच :राहूल पुष्प (कलकत्ता, भारत)                 

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

प्लेटफर्ममा दुजना भिखारी बसेर आपसमा दुःख–सुखका कुरा गरी रहेका थिए ।
एउटा भिखारीले भन्यो पहिले भन्दा अहिले आफ्नो आम्दानी धेरै राम्रो भएकोले दिन मज्जाले कटिरहेको छ ।
दोश्रो भिखारीले आफ्नो दुःखको पोको खोल्दै सोध्यो – आखिर कसरी तिम्रो कमाई राम्रो भयो ? कि तिम्रो कुनै छोराले राम्रो काम पायो की ? हैन हैन त्यसो हैन मेरो एउटा छोराले धेरै दिनदेखि कामको खोजीमा भौतारीदै थियो तर उसले काम पाएको थिएन । तर एकदिन उसले ट्रेनबाट कसैको सामान चोरेर गुडि रहेको ट्रेनमा चड्दा चिप्लिएर ट्रेनको तल खस्दा उसको दुबै खुट्टा काटिएको थियो । त्यस दिनदेखि हामीहरूको जीन्दगीले पलट खायो ।
मतलब ? मतलब केहि हैन, बस अब म उसलाई साथै लिएर भिख माग्छु तब मानिसहरू उस माथी सहानुभूती देखाउँछन् र पैसा बढी दिन्छन् । तर बैनी मेरो ठुलो छोरा  केही दिन अगाडि ट्रेनबाट तल खसेको थियो खुट्टा त ठिकठाक छ, तर उसको मुखबाट अचानक फुिस्कयो ।
(अनुवादः  मञ्जुश्री प्रधान के .सी. ‘रानु’ काठमाण्डौँ, नेपाल ।)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।